Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बलात्कार गरि भाउजू जलाउनेलाई जन्म कैद

दार्चुला । जिल्लामा भाउजू नाता पर्ने एकल महिलालाई बलात्कार गरी जिउदै जलाउने एक अभियुक्तलाई जिल्ला अदालत, दार्चुलाले बुधबार जन्म कैदको सजाय सुनाएको छ ।

भाउजूलाई बलात्कार गरेपछि खर हालेर आँगो लगाई हत्या गर्ने शैल्यशिखर नगरपालिका—१ बारीलका भोजराज खडायतलाई जिल्ला अदालतले आजीवन कारावासको सजाय सुनाएको जिल्ला सरकारी वकिल कार्यालयका सहायक जिल्ला न्यायाधिवक्ता लक्ष्मण खनालले जानकारी दिए ।

जिल्ला न्यायाधीश खेमराज भट्टको इजलासले उनलाई जबरजस्ती करणीमा ७ वर्ष, हाडनाता करणीमा १ वर्ष र डाँका मुद्दामा ७ वर्ष गरी थप १० वर्ष कारावासको सजाय सुनाएको छ ।

अभियुक्तलाई जबरजस्ती करणीवापत ७ वर्ष जेल र २ लाख रुपैयाँ जरिवाना, हाडनाता करणीमा १ वर्ष कैद र १० हजार जरिवाना तोकिएको छ । यस्तै बलात्कार र हत्यापछि मृतकको गहनासमेत लुटेका कारण डाँका मुद्दामा ७ वर्ष कैद र ७० हजार रुपैयाँ जरिवाना तोकिएको छ ।

मृतक एकल महिला भएकाले उनमा आश्रित परिवारको भरणपोषणका लागि तीन लाख रुपैयाँ क्षतिपूर्ति भराउने आदेशसमेत भएको छ ।

गत जेठ २५ गते राति २ बजेतिर भोजराजले जरुरी काम छ, भन्दै भाउजू नाता पर्ने ४२ वर्षीया अनिभा खडायतलाई घरबाट करिब ५० मिटर टाढा रहेको उखुबारीमा लगेर जबरजस्ती करणी गरेका थिए ।

त्यसक्रममा अनिभाले प्रतिकार गरेपछि ढुंगाले टाउकोमा हानेर घाइते बनाई बलात्कारपछि नजिकै ओढारमा रहेको खर र नरुवा राखी भोजराजले जिउँदै जलाएर अनिभाको हत्या गरेका थिए। बलात्कारपछि भोजराजले अनिभाको कान र नाकमा लगाएको सुनका गहनासमेत लुटेर लगेका थिए


सम्बन्धित समाचार

श्रीमान्हरूका फैसला पनि खोतलिँदै

२०८३ जेष्ठ ७

ताजा नेपाल

बा र भाउजुको लुटको पसल बन्द

२०८३ जेष्ठ ७

ताजा नेपाल