Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग लिइरहेको पुरक बयान सकिएको छ । बयानको लिखित प्रतिमा हस्ताक्षरसहित लिइएको पुरक बयान अहिले बिहान सकिएको हो । हिजोदेखि सुरू भएको यो प्रक्रियामा समितिले तयार गरेका ४३ प्रश्नको जवाफ समेटेर जबराको बयान १७४ पेज तयार भएको थियो । जसलाई निलम्बित प्रधानन्यायाधीश जबरालाई पढेर सुनाउँदै एकएक पानामा हस्ताक्षर गर्न लगाएको थियो । हिजोसम्ममा ६५ पेजसम्म हस्ताक्षर लिइएकोमा आज बाँकी १०९ पाना पढेर सुनाउँदै हस्ताक्षर लिइएको छ । शुरुमा समिति सदस्यहरूले चोलेन्द्रलाई १७४ पेज लामो बयानको अन्त्यमा हस्ताक्षर गर्न आग्रह गरेका थिए । तर, जबराले हस्ताक्षर गर्न अस्वीकार गरेपछि बयानको प्रत्येक पृष्ठ पढेर सुनाउँदै हस्ताक्षर गराउन थालिएको थियो । हस्ताक्षरसहित पुरक बयान सकिएसँगै समितिले आजै दिउँसो ३ बजे बैठक बसेर प्रतिवेदन संसद सचिवालयमा बुझाउने तयारी गरेको छ ।
२०८३ जेष्ठ ७
ताजा नेपाल
२०८३ जेष्ठ ७
ताजा नेपाल
२०८३ जेष्ठ ७
ताजा नेपाल