Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रेमगीत ३लाइ नेपाली फिल्मको मान्यता

‘प्रेमगीत ३लाइ नेपाली फिल्मको मान्यता
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रेमगीत ३ को हिन्दी संस्करणलाई नेपाली फिल्म नै भएको ठहर गरेको छ । मन्त्रालयको यस्तो निर्णयपछि ‘प्रेमगीत ३ को हिन्दी संस्करणले पनि नेपाली फिल्मको सेवासुविधा सरह प्रदर्शनको मौका पाएको छ । साथै, १५ प्रतिशत विकास शुल्क पनि तिर्नुपर्ने छैन ।

सञ्चार मन्त्रालयका प्रवक्ता तथा सेन्सर बोर्डका अध्यक्ष सेवन्तक पोखरेलले प्रेमगीत ३ लाई नेपाली चलचित्र नै भन्ने निर्णय भएको बताए ।

‘नेपाली कलाकार र नेपाली प्राविधिकले काम गरेका छन् भने नेपाली कम्पनीले निर्माण गरेकाले विदेशी फिल्म भन्ने आधार देखिएन । नेपाली फिल्म नै भन्ने निष्कर्षमा हामी पुग्यौं, पोखरेलले भने ।

बोर्डले हिन्दी प्रेमगीत ३ लाई १५ प्रतिशत शुल्क तिर्ने गरी विदेशी फिल्म सरहको सेन्सर सिफारिस गरेपछि मन्त्रालयले स्पष्टीकरणको लागि अध्यक्ष भुवन केसीलाई बोलाएको थियो ।

 


सम्बन्धित समाचार

श्रीमान्हरूका फैसला पनि खोतलिँदै

२०८३ जेष्ठ ७

ताजा नेपाल

बा र भाउजुको लुटको पसल बन्द

२०८३ जेष्ठ ७

ताजा नेपाल