Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । काठमाडौं महानगरपालिकाले वीर अस्पताल क्षेत्र वरपर बनेका अनधिकृत संरचना हटाउन सुरु गरेको छ ।त्यहाँका सटरवालाहरुले आफ्नो सजिलोको लागि गोलाम समेत बनाएर लाखौ फाइदा लिराखेका थिए । अस्पताल क्षेत्रको सडकमा महाँनगरको वडा कार्यलयले क्लबलाई पार्कीङ्घ शुल्क उठाउन लगाइ फइदा लिरहेको थियो । जबकि त्यो क्षेत्र बिर अस्पतालको नाममा रहेको छ । अस्पतालको भवनदेखि उत्तर तर्फ रहेका अनधिकृत संरचना डोजर लगाएर हटाउन सुरु गरिएको छ । डोजर चलाउनु अघि सो क्षेत्रमा रहेका टहराहरु हटाउन महानगरले सूचना जारी गरेको थियो । तर अटेर गरेर सो क्षेत्रमा औषधि लगायतका पसलहरु बन्द नगरी सञ्चालनमा गरेपछि बाध्य भएर डोजर लगाएर हटाउनु परेको महानगरको भनाइ छ । त्याहाँका पसलेले बिरका केही डाक्टरहरुसंग मिलेर करोडौ कमाइरहेको कुरा हामि समक्ष अबगतै छ त्यो ठाउमा महानगरले डोजर चलाउनु अपराध मानिदैन् ।
२०८३ जेष्ठ ७
ताजा नेपाल
२०८३ जेष्ठ ७
ताजा नेपाल
२०८३ जेष्ठ ७
ताजा नेपाल