Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभा सदस्य निर्वाचन आफ्नो गृहजिल्ला चितवनबाट होइन, गोरखा–२ बाट लड्ने मनस्थिति बनाएको खबर आइरहेका बेला यसलाई पुष्टि गर्ने वक्तव्य सार्वजनिक भएको छ। प्रचण्डकै निर्वाचन क्षेत्र चितवन–३ का नेतासमेत रहेका माओवादी केन्द्रको युवा संगठन वाईसीएलका केन्द्रीय कोषाध्यक्ष सन्तोष पनेरुले प्रचण्ड आफ्नो निर्वाचन क्षेत्रबाट चुनाव नलड्ने निर्णयमा पुगेको जनाउ दिएका हुन्। नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई र आफ्नै पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले गरेको प्रस्तावअनुसार प्रचण्डले यसपटक गोरखा २ बाट चुनाव लड्ने निर्णय गरिसकेको संकेत पनेरुले दिएका छन्।
‘अन्ततः चितवन र ३ नं निर्वाचन क्षेत्रको विकासको विशाल सम्भावनामाथि गम्भीर संकट आयो’, पनेरुले मंगलबार फेसबुकमा लेखेका छन्, ‘देशकारबाहिरका परिवर्तनविरोधीका हजार षड्यन्त्रका कारण क्रान्तिकारी नेतृत्व अन्यत्र जानुपर्ने परिस्थिति सिर्जना हुँदै छ।’ तर अझ पनि समय बाँकी रहेकाले यस विषयमा गम्भीर भएर सोच्न र छलफल गर्न उनले सत्ता गठबन्धनका कांग्रेस, नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्रका अगुवा र सहकर्मी युवा साथीलाई उनले अपिलसमेत गरेका छन्। चितवन ३ मा प्रचण्डसँग प्रतिस्पर्धा गर्न नेपाली कांग्रेसको भुइँकटहर समूह तथा एमाले र राप्रपाको गठबन्धन बन्ने तयारी भइरहेको छ। साथै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि सोही क्षेत्रबाट उठ्ने चर्चा चलिरहेको छ।
२०८३ जेष्ठ ७
ताजा नेपाल
२०८३ जेष्ठ ७
ताजा नेपाल
२०८३ जेष्ठ ७
ताजा नेपाल