Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । दशैंको टिकोटालो सक्याएर सत्ता गठबन्धनका नेताहरु भागवण्डा मिलाउन भरमग्दुर प्रयासमा जुटेका छन् । प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि सत्ता गठबन्धनका तर्फबाट निर्वाचन क्षेत्र बाँडफाँटका लागि शीर्ष नेताको बैठक बालुवाटारमा चलिरहेको छ । बैठकले पाँच दलीय कार्यदलले गृहकार्य गरी पठाएको प्रतिवेदनमा छलफल गरी अन्तिमरुप दिने छ । निर्वाचन क्षेत्र बाँडफाँटका लागि केही दिनदेखि दैनिक बसिरहेको बैठकलाई निरन्तरता दिँदै आज पनि बैठक चलिरहेको जसपाका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि यही असोज २३ गते आइतबार उम्मेद्वारी दर्ता कार्यतालिका तोकिएको छ । त्यसअघि गठबन्धनले क्षेत्र बाँडफाँट गरी उम्मेदवार तय गर्नुपर्ने गठबन्धनलाई दबाब छ । बैठकमा गठबन्धनका शीर्ष नेता र कार्यदलका सदस्य पनि सहभागी छन् ।
२०८३ जेष्ठ ७
ताजा नेपाल
२०८३ जेष्ठ ७
ताजा नेपाल
२०८३ जेष्ठ ७
ताजा नेपाल