Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

जसपाका मन्त्रीलाइ बर्खास्त गर्ने तयारी

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी जसपाबाट मन्त्री बनेकाहरूलाई बर्खास्त गर्ने तयारी गरेका छन्
सत्ता गठबन्धनमा रहेको जसपाले विपक्षी नेकपा एमालेसँग चुनावी तालमेल गरेपछि प्रधानमन्त्री देउवाले ती मन्त्रीहरूलाई बर्खास्त गर्ने तयारी गरेका हुन् ।

उपेन्द्रजीको पार्टी सत्ता गठबन्धनमा भएका कारण जसपाबाट मन्त्री भएका हुन् । अब उनी विपक्षी गठबन्धनमा गइसकेपछि नैतिक रूपमा आफैँ सरकारबाट बाहिरिनुपर्ने थियो । तर, त्यसो गर्नु भएन, बालुवाटार स्रोतले बाह्रखरीसँग भन्यो, यस विषयमा प्रधानमन्त्रीज्यूले गठबन्धनका नेता र आफ्नो टिमसँग पनि छलफल गरिसक्नुभएको छ । उहाँले बर्खास्त नै गर्नुहुनेछ ।

स्रोतका अनुसार केही दिनअघि नै प्रधानमन्त्रीले उनीहरूलाई पदबाट बर्खास्त गर्ने तयारी गरेका थिए । तर, राष्ट्रपति विद्यादेवी भण्डारीको स्वास्थ्य अवस्थाका कारण रोकिएको हो ।

मन्त्रीहरू बर्खास्त गरिसकेपछि राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्ने हुन्छ । राष्ट्रपतिज्यू अस्वस्थ भएर आराम गरिरहनुभएकाले प्रमाणित गर्ने अवस्था छैन, स्रोतले भन्यो, ढिलोमा उहाँको स्वास्थ्यमा सुधार आउँदासम्म मन्त्रीहरू बर्खास्त हुनेछन् ।

सरकारमा जसपाका तर्फबाट संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ, कृषि तथा पशुपन्छी विकासमन्त्री मृगेन्द्रकुमारसिंह यादव, वन तथा वातावरणमन्त्री प्रदीप यादव र भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राई छन् । प्रधानमन्त्री देउवाले उनीहरूलाई बर्खास्त गर्न लागेका हुन् ।


सम्बन्धित समाचार

श्रीमान्हरूका फैसला पनि खोतलिँदै

२०८३ जेष्ठ ७

ताजा नेपाल

बा र भाउजुको लुटको पसल बन्द

२०८३ जेष्ठ ७

ताजा नेपाल