Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेपाल प्रहरी ६७ औँ वर्षमा प्रवेश गरेको छ । स्थापना दिवसको अवसरमा सोमबार नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा विशेष कार्यक्रमको आयोजना गरिएको छ । अपारधी जहाँसुकै भए पनि उम्कन नसक्ने अवस्थमा पुर्याएको प्रहरीले यो वर्ष झण्डै ४ अर्ब ५० करोड राजश्व संकलन समेत गर्न सफल भएको जानकारी आईजीपी धिरज प्रताप सिंहले दिएका छन् । ६७ औँ प्रहरी दिवसमा प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गरेका थिए । नेपाल प्रहरी २०१२ सालमा स्थापना भएको थियो । वर्षभरिमा उत्कृष्ट काम गरेका सकल दर्जालाई प्रहरी प्रधान कार्यालयले पुरस्कृत गर्दै आएको छ । यसपटक कार्यदक्षता मूल्याङ्कन (पुलिस ब्याटन) मा प्रदेश–१ प्रहरी कार्यालयका डीआईजी सुदिप गिरी उत्कृष्ट भएका छन् । डीआईजी गिरीलाई प्रहरी ब्याटन पनि प्रदान गरिएको थियो ।
प्रहरी दिवसको अवसरमा करिब २५ जना सकल दर्जालाई पुरस्कृत गरिएको प्रहरी प्रवक्ता (डीआईजी) टेकप्रसाद राईले कार्यक्रम अगावै जानकारी गराएका थिए । डीएसपी अनिल घिमिरेले पूर्ण शान्ति पुरस्कार पाएका छन् । पूर्ण शान्ति पुरस्कार पूर्व आईजीपी पूर्णबहादुर खवास र उनकी पत्नी शान्तिदेवी खवासले स्थापना गरेका हुन् । विशेष ब्यूरोमा कार्यरत प्रहरी उपरीक्षक (एसपी) सन्तोष खड्का सर्वोत्कृष्ट अनुसन्धानकर्ता ठहरिएका छन् । प्रहरी दिवसको अवसरमा उनलाई उनलाई सर्वोत्कृष्ट अनुसन्धानकर्ताको पुरस्कार प्रदान गरिएको छ । इलाका प्रहरी कार्यालय अनारमनिका इन्चार्ज रुगम कुँवरलाई उत्कृष्ट अनुसन्धानकर्ताको रुपमा पुरस्कृत गरिएको छ । डीएसपी कुँवरले झापामा एकजना भारतीय नागरिकको हत्या भएको घटनामा संलग्न आरोपीलाई पक्राउ गरेर कानुनी दायरामा ल्याएका थिए । यस पटक विगतका प्रहरी दिवसहरु भन्दा भिन्न देखिनुको कारण अबकाश पाएका अधिकांश पूर्व प्रहरी आईजीपी, एआईजी, डिआईजी लगायतका अधिकृतहरुको सहभागिता रहेको थियो ।
२०८३ बैशाख ३१
ताजा नेपाल
२०८३ बैशाख ३१
ताजा नेपाल
२०८३ बैशाख ३१
ताजा नेपाल