Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौँ । पूर्वमन्त्री प्रभु साहले स्वतन्त्र उम्मेदवार जिताउ अभियानको घोषणा गरेका छन् । दलीय प्रणाली र दलका नेताहरुको अनैतिक क्रियाकलापबाट लोकतन्त्र नै संकुचित भएको र देश अस्थिरताको भुमरीमा फँस्दै गएको भन्दै उनले समयसापेक्ष सुधार गरी देशमा सुशासन, स्थिरता, विकास र समृद्धिका लागि आसन्न निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरुलाई जिताउन अभियान सञ्चालन गर्न लागेका हुन् । अभियानलाई तीव्रता दिनका लागि पूर्वमन्त्री साहले मधेश प्रदेशका ८ वटै जिल्लाको संयोजक कमाण्ड तोकेका छन् ।
आइतबार एक वक्तव्य जारी गर्दै अभियानका संयोजक प्रभु साहले ८ जिल्लाको संयोजक तोकेको जानकारी दिएका छन् । अभियानको जिल्ला संयोजकका रुपमा पर्सामा बाबुराम कौशिक,बारामा अशोक लामा, रौतहटमा त्रिभुवन साह सर्लाहीमा राजनन्दन चौधरी,महोत्तरीमा राधेश्याम साह,धनुषामा श्रीलाल महासेठ, सिरहामा सरोज यादव र सप्तरीमा बसन्त मण्डललाई जिम्मेवारी तोकिएको छ । अभियानलाई वडा तह देखि राष्ट्रियस्तरको संरचनामा खडा गर्ने संयोजक प्रभु साहले जानकारी दिए ।
एमालेले जसपासँग गठबन्धन गरेपछि त्यसको विरोध गर्दै पूर्वमन्त्री साहले एमालेको टिकट लत्याएर स्वतन्त्र प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दिएका थिए । उनले मधेशका विभिन्न निर्वाचन क्षेत्रमा स्वतन्त्र उम्मेदवार खडा गरेका थिए भने अब उनले देशैभर स्वतन्त्र उम्मेदवारहरुको प्यानल निर्माण गर्न लागेका हुन् ।
२०८३ जेष्ठ ७
ताजा नेपाल
२०८३ जेष्ठ ७
ताजा नेपाल
२०८३ जेष्ठ ७
ताजा नेपाल