Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रधानमन्त्रीको,निर्देशन अपराध अनुसन्धानमा दवाबमा नपर्नुस्

प्रधानमन्त्री शेरबहादुर देउवाले अपराध नियन्त्रण र अनुसन्धान प्रहरीको मुख्य दायित्व भएको बताएका छन् । ६७ औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा प्रधानमन्त्री देउवाले अपराध अनुसन्धान गर्दा कसैको दवावमा नपर्न निर्देशन दिए ।
सोमबार आयोजित समारोहमा प्रधानमन्त्री देउवाले भने–कसैको दवाब र प्रभावमा नपरी अपराध नियन्त्रण र अनुसन्धानको दायित्व पुरा गर्न सकल दर्जालाई निर्देशन दिन चाहन्छु । प्रधानमन्त्री देउवाले मंसिर ४ मा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन स्वतन्त्र र भयरहित ढंगले सम्पन्न गर्न कुनै कसर बाँकी नराख्ने बताए ।

जनताको नजिकको साथी प्रहरी भएको उल्लेख गर्दै देउवाले कोभिड–१९ र भुकम्पको प्रकोपमा प्रहरी कर्मचारीले खेलेको भुमिकाको प्रशंसा गरेका छन् । शान्ति मिसनमा प्रहरीको सहभागिता बढाउन सरकार सकारात्मक रहेको उनले जानकारी दिए ।

प्रहरी दिवसको अवसरमा कार्यदक्षता मूल्यांकन पुलिस व्याटनमा छनोट भएका प्रदेश–१ प्रहरी कार्यालयका डीआईजी सुदिप गिरीलाई प्रधानमन्त्रीले पुरस्कृत गरेका छन् । विशेष ब्यूरोमा कार्यरत प्रहरी उपरीक्षक एसपी सन्तोष खड्का सर्वोत्कृष्ट अनुसन्धानकर्ता ठहरिएका छन् । प्रहरी दिवसको अवसरमा उनलाई प्रधानमन्त्रीले सर्वोत्कृष्ट अनुसन्धानकर्ताको पुरस्कार प्रदान गरेका छन् ।

त्यस्तै,पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक राजेन्द्र बहादुर सिंहले ‘लाइफटाइम अचिभमेन्ट अवार्ड पाएका छन् । प्रधानमन्त्रीले उनलाई सो अवार्डले सम्मान गरेका हुन्


सम्बन्धित समाचार

श्रीमान्हरूका फैसला पनि खोतलिँदै

२०८३ जेष्ठ ७

ताजा नेपाल

बा र भाउजुको लुटको पसल बन्द

२०८३ जेष्ठ ७

ताजा नेपाल