Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

शहरलाई सुन्दर बनाउन भन्दै १६२ नगरप्रहरी थप्दै महानगर

काठमाडौं। काठमाडौं महानगरपालिकाले १६२ जना नगरप्रहरी थप्ने भएको छ । सडक पार्किङ, अन्डरग्राउन्ड पार्किङ, फुटपाथ व्यापार, होर्डिङ बोर्ड, डिजिटल बोर्ड र सहरी सरसफाइका लागि करारमा नगरप्रहरी थप्न लागिएको हो ।

नयाँ भर्नाका लागि नेपाल आर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरीमा कम्तिमा पाँच वर्ष सेवा गरी ४५ वर्ष ननाघेकालाई विशेष प्राथमिकता दिइने महानगरका नगरप्रहरी प्रमुख एसपी राजुनाथ पाण्डेले जानकारी दिए ।

उनले आगामी एक महिनाभित्रै महानगरका विभिन्न अभियानलाई तीव्र पार्न करारमा नगरप्रहरी भर्ना लिइने बताए ।

मापदन्डविपरीतका होर्डिङ बोर्ड, डिजिटल बोर्ड, फुटपाथ व्यापार हटाउन र सहरी सरसफाइलाई तीव्र पार्ने तयारी छ, एसपी पाण्डेले भने, हामीसँग भएको जनशक्ति अपुग छ । १६२ जना नगरप्रहरी आएपछि अभियान तीव्र पार्छौँ ।

युनिक सेक्युरिटी सर्भिस प्रालिमार्फत नगरप्रहरी छनोट प्रक्रिया अघि बढिसकेको एसपी पाण्डेले बताए । महानगरको नगरप्रहरी बलमा हाल १७३ जना कार्यरत छन्


सम्बन्धित समाचार

श्रीमान्हरूका फैसला पनि खोतलिँदै

२०८३ जेष्ठ ७

ताजा नेपाल

बा र भाउजुको लुटको पसल बन्द

२०८३ जेष्ठ ७

ताजा नेपाल