Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ । अदालत पुगेपछि न्याय पाइन्छ, कोही अन्यायमा पर्दैनन् भन्ने समय कुनै बेला थियो । तर अहिले अदालत जानु भनेको हुने खानेले मुद्दा आफ्नो पक्षमा पार्नु हो । ‘माल’ पाएपछि जस्तो मुद्दा पनि उनले सफाई दिन्छन् । यहाँ गरिबका लागि न्याय अदालतबाट पाउन मुश्किल छ । पैसा हुने रञ्जन कोइरालाहरु अपराध सावित भइसक्दा पनि सम्मानित अदालत श्रीमानहरुको दयाभित्र पर्छन् । सर्बोच्च अदालतको प्रधानन्यायाधीश बन्न सफल न्यायामूर्ति भन्दा पनि बिचौलियामा अब्बल ठहरिएका चोलेन्द्र शमशेर जबराको पद जोगाइदिएको एमाले निर्बाचनका बेला कानुनि राजको वकालत गर्दैछ । नेकपाको शासन कालमा अदालतका न्यायाधीशहरु भर्ति गर्ने न्यायपरिषद नै बिबाद रहित हुन सकेन । कानुन व्यवसायीको रुपमा कालो कोट लगाएर अदालत धाउने गरेका चोलेन्द्र समशेर जबरा ०५२ सालमा तत्कालीन प्रधानन्यायाधीश सुरेन्द्र सिंहको शैक्षिक योग्यता र नागरिकताको मिति फरक भएको बिषयलाई लिएर उनैसँग दलाली शुरु गरेका पात्र हुन् । चोलेन्द्रको त्यो बार्गेनिङ सफल भयो । उनलाई पूनराबेदन अदालतमा प्रबेश गराइयो । त्यही अदालतबाट हो उनले जुवालाई बौद्धिक खेलको रुपमा ऐतिहासिक फैसला गरेको पनि । यो काण्डपछि उनलाई बिशेष अदालतमा तानियो । भ्रष्ट चरित्रका चोलेन्द्रलाई बिशेष अदालत झन् पैसा कमाउने थलो बन्यो । उनलाई विशेषमा तान्नु कारबाही भन्दा पनि पुरस्कार दिएजस्तो भयो । त्यस बखत राजनीतिक भ्रष्टहरुले धमाधम सफाइ पाएका थिए । अख्तियार, सर्बोच्चमा पूनराबेदन गएपछि उनीहरुले चोख्याएका केही नेता जेल गए । त्यही लटको मुद्धा झेलिरहेका गोबिन्दराज जोशीको भने फैसला भएको छैन् । एमाले अध्यक्ष केपी ओलीको सेटिङबाट जिल्ला न्यायाधीशहरुको व्यापक सरुवा चल्दै थियो । चोलेन्द्र जहाँ पुग्थे त्यहाँ बिचौलियाको झुण्ड नै पुग्थ्यो । जे जति निर्णय अदालतबाट हुन्थ्यो त्यो सेट्रिमै हुन्थ्यो । उनि आफैं बिचौलियामा गनिन्थे । जब विशेषबाट उनि उच्चअदालत पाटन पुगे त्यहाँ पनि चोलेन्द्र श्रीमानले आफ्नो इमान्दारिता निर्वाह गर्न छाडेनन् । बलात्कारका आरोपिहरु नबराज थपलिया, पशुपति मैनालिहरु १÷१ लाख धरौटी राख्दै छुट्दै गए । यो धन्दाका बिचौलिया थिए भोजराज अधिकारी र जगदिश घिमिरे । चोलेन्द्रले राजस्व छलिसम्बन्धी राजेशकुमार अग्रवालको मुद्दापनि बिमल सुबेदी र भोजराज अधिकारीसँगको बार्गेनिङपछि सफाइ दिएका थिए । यस्तै सफाइ ४३ करोडको मुद्दामा दर्गाबहादुर बिक र रामबहादुर थापाले राजस्व छल्ने कानुन मान्यता श्रीमान चोलेन्द्रकै क्रिपामा भयो । यस्ता बिद्वान चोलेन्द्रलाइ नेकपा एमालेले बचाएको छ । किनकि नेकपा गुमाइसकेका बेला अदालतबाट बचाउने तारतम्य चोलेन्द्र श्रीमानले नै मिलाइदिएका थिए ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल