Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौँ । अमेरिकाको योजना सफल बनाउन विगत २५ वर्षदेखी अमेरिकाले नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापालाई अमेरिकाले लगानी गरिरहेको सहस्य खुलेको छ ।
नेपालमा संगम नामक संस्थानै खोलेर क्रिस्चियन धर्मको प्रचार गर्ने र नेपाली धर्मलाई विस्थापित गराउने रणनीतिका साथ अमेरिकी नागरिक चाल्र्स मेन्डेजसँग २०६३ सालतिर महामन्त्री थापाको भेट भएको थियो । जो नेपालमा जवरजस्ती धर्म परिवर्तन गराउने व्यक्ति थिए । नेपालका लागि अमेरिकी रेण्डीसँगै उनै चाल्र्सले भेट गराए जो नेपालका लागि एमसीसीलाई पास गराउन महत्वपुर्ण भुमिका निर्वाह गरेका थिए । सोही अनुसार नै गगनले पनि एमसीसीको पक्षमा वकालत गरेका थिए ।
आगामी निर्वाचन पछि नेपालको प्रधानमन्त्री बन्ने घोषणा गरेका थापा अमेरिकाको योजनामा भएको प्रष्ट बुझिएको छ । अमेरिकी दुई दशकको योजना सफल बनाउन गगनलाई प्रयोग गरिरहेको तथ्य सार्वजनिक भएको छ । थापाले संसदमा नै मागेर देश चलाउने, चुच्चे नक्सा जारी गरेर भारतको नेपालले चित्त दुःखाएको भनि अभिव्यक्ति दिएका थिए । सोही अनुसार सदनबाट एमसीसी पास समेत गरिएको छ । जसले नेपाललाई शक्ति राष्ट्रको रणभूमिको रुपमा स्थापित गराउने खेलमा थापा खुलेर नै लागेको पाईएको थियो ।
२०८३ जेष्ठ ७
ताजा नेपाल
२०८३ जेष्ठ ७
ताजा नेपाल
२०८३ जेष्ठ ७
ताजा नेपाल