Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बूढा रावलले तन्नेरी ओलीलाई दिए जवाफ

काठमाडौँ । आफूभन्दा बाहेक सबैलाई कमजोर ठान्ने एमाले अध्यक्ष केपी शर्मा ओलीको पहिचान बनेको छ । आफूलाई एमाले अध्यक्ष बनाउन नियम सच्याएका ओली आफूभन्दा कान्छा नेतालाई उमेरहद लगाएर बिदावारी गर्दैछन् । एमाले नेता भीम रावलले कञ्चनपुरको चुनावी सभामा पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफूलक्षित उत्तेजित भाषण गरेको जनाएका छन् । कञ्चनपुरको चुनावी सभामा डडेलधुरामा नेपाली कांग्रेस बीपीका उम्मेदवार कर्ण मल्ललाई एमालेले समर्थन गर्ने घोषणा गर्दैगर्दा दर्शकदीर्घाबाट भीम रावल, भीम रावल नारा लागेपछि अध्यक्ष ओली आक्रोशित बनेका थिए । अध्यक्ष ओलीले जवाफ दिँदै भने, भीम रावलको तपाईलाई किन चिन्ता, ४८ सालदेखि एक छिन मुख खाली छैन, बूढो भइसक्नु भयो, बेकार किन भीम रावलको चिन्ता, अरुलाई पालो दिनु पर्दैन, एउटै भीम रावल, भीम रावल, केको खेती गरिराख्या भीम रावल, के भीम रावल, थुप्रै रावलहरु हुनुहुन्छ नि त सुदूरपश्चिममा थुप्रो रावलहरुलाई अगाडि बढाइन्छ । रावलले प्रतिक्रिया दिँदै णदीको उक्त अभिव्यक्तिले उनीभित्र बलिरहेको क्रोध, बदला, निषेध र द्वेषपूर्ण दुर्भाव उदांगो भएको जनाएका छन्। रावलले ४८ सालदेखि निरन्तर सांसद, मन्त्री, पार्टी अध्यक्ष र प्रधानमन्त्री भएका ओलीलाई पुनस् किन उठेको भनेर प्रश्न गरेका छन् । रावलले सामाजिक सञ्जालमा लेखेका छन्, मलाई ४८ सालमा तत्कालिन महासचिव मदन भण्डारी र नेता माधव नेपालले चुनाव नजितिने भए पनि हाम्रा मतहरु सुरक्षित गर्न अछाममा गएर लड्नु होस् भन्दा म तयार भएँ तर सांसद ५१ सालदेखि मात्र भएँ । ओलीजी ४८ सालदेखि सांसद, मन्त्री, पार्टी अध्यक्ष र प्रधानमन्त्री हुनुभएको छ, कहिल्यै मुख खाली छैन र फेरि पनि खानका लागि किन मुख बाउनु भएको त ? त्यस्तै आफूलाई बूढो नेता भन्ने ओलीले बढी उमेरका व्यक्तिलाई किन टिकट दिएको भनेर समेत रावलले प्रश्न गरेका छन्, म ६७ वर्ष लागेकालाई बूढो भन्ने हो भने ७० वर्ष काटिसकेका ओलीजी फेरि सांसद र प्रधानमन्त्रीका लागि कसरी तन्नेरी हुनुभयो ? म भन्दा उमेर बढी भएका अरुलाई उम्मेदवारका लागि किन सहमति दिनु भयो ? मापदण्ड बनाएर अरुलाई पालो दिन टिकट दिइएको भए आफूलाई कुनै आपत्ति नहुने पनि उनको भनाइ छ । उनले अगाडि भनेका छन्, हो, अरुलाई पालो दिन पार्टीले मापदण्ड बनाएमा सबैले मान्नु पर्छ । तर अरुलाई पालो दिनु पर्ने भए ओलीजी र सचिवालय तथा स्थायी कमिटीका अनेकौं पदमा रहेका र अनेकौं पटक सांसद र मन्त्री भएका व्यक्तिका हकमा अरुलाई पालो दिनुपर्ने भन्ने किन लागू नहुने त ? पार्टी अध्यक्ष र प्रधानमन्त्री भइसकेको व्यक्तिबाट मञ्चमा भाषण गर्दैगर्दा प्रदर्शन गरिएको उत्तेजनाले अछामी जनताको तर्फबाट भएको निर्णय उल्ट्याउनुको रहस्यको एउटा पर्दा उघ्रिएको पनि रावलको भनाइ छ ।


सम्बन्धित समाचार

श्रीमान्हरूका फैसला पनि खोतलिँदै

२०८३ जेष्ठ ७

ताजा नेपाल

बा र भाउजुको लुटको पसल बन्द

२०८३ जेष्ठ ७

ताजा नेपाल