Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एमाले जहाँ पुग्छ,त्यहाँ विकास हुन्छ:ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको राष्ट्रिय राजनीतिमा एमालेले असाधारण भूमिका निर्वाह गरेको बताउनुभएको छ ।

झापा निर्वाचन क्षेत्र नं २ मा पर्ने सुखानीको सालबाडी पार्कमा मङ्गलवार आयोजना गरिएको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेकपा एमाले विचार, सङ्गठन, काम र कार्यक्षमतामा देशको प्रमुख पार्टी भएको बताउनुभयो ।

एमाले जहाँ पुग्छ, त्यहाँ विकास गर्छ, महत्त्वपूर्ण काम गर्छ, जहाँ टेक्छ त्यस ठाउँलाई परिवर्तन गर्छ भन्ने कुरा यस ठाउँको विकासले पनि बताएको छ । अध्यक्ष ओलीले भन्नुभयो ।

सत्ताधारी गठबन्धनले उम्मेदवार नपाएर एमालेकै कार्यकर्तालाई लगेर उम्मेदवार बनाएको बताउँदै अध्यक्ष ओलीले देशमा परिवर्तनका लागि साढे चार दशक योगदान गरेका एमाले उम्मेदवार देवराज घिमिरेलाई यस क्षेत्रका दैलो दैलोले चिन्ने हुँदा आगामी निर्वाचनमा जित सुनिश्चित रहे पनि अत्यधिक मतका साथ विजयी बनाउन आग्रह गर्नुभयो ।

नेता घिमिरेले राजनीतिमा ४७ वर्ष बिताए पनि अहिलेसम्म अवसर नपाएको तर्फ उल्लेख गर्दै अध्यक्ष ओलीले भन्नुभयो– देवराज घिमिरे राजनीति गरौँ गरौँ जस्तो लागेर, माननीय हौँ हौँ जस्तो लागेर एकैचोटी आएको मान्छे होइन, उहाँ वर्षौँ अघि नै मेची अञ्चलका चारै जिल्लाका आधाभन्दा बढी घरमा पुग्नुभएको छ । उहाँलाई यहाँ घरदैलो गरिरहनुपर्ने समेत आवश्यकता छैन ।

झापा निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधि सभामा नेकपा एमालेबाट देवराज घिमिरे उम्मेदवार हुनुहुन्छ ।


सम्बन्धित समाचार

श्रीमान्हरूका फैसला पनि खोतलिँदै

२०८३ जेष्ठ ७

ताजा नेपाल

बा र भाउजुको लुटको पसल बन्द

२०८३ जेष्ठ ७

ताजा नेपाल