Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

गठबन्धन भनाउदाहरुले दुष्कर्म गर्न सक्छन्,पहरेदारी गर्नुस्

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा आफ्नो मत रक्षा गर्न आमकार्यकर्तालाई आग्रह गरेका छन् । गठबन्धनले निर्वाचन आफ्नो पक्षमा पार्न ‘जस्तासुकै हर्कत गर्न सक्ने भन्दै उनले ‘सबैखाले हर्कत असफल पार्न निर्देशनसमेत दिएका छन् ।

झापामा बुधबार आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले कानुनविपरीत गठबन्धनले जस्तो पनि गतिविधि गर्न सक्ने भएकाले सचेत रहन’ आमकार्यकर्तालाई आग्रह गरे ।

हाम्रा साथीले निर्वाचन र बुथ प्रतिनिधि के के खटाउनुपर्छ हिम्मतिलो तरिकाले चनाखो भएर खटाउनूस् । यो गठबन्धन सरकारले जे पनि दुष्कर्म गर्न सक्छ, नेताकार्यकर्तालाई निर्देशन दिँदै उनले भने,गैरकानुनी र लोकतन्त्रविरोधी कार्य कसैलाई पनि गर्न नदिने पहरेदारी एमालेले गर्नुपर्छ । साथीहरू तयार रहनूस् । पार्टीले प्रशिक्षण गर्न त्यसपछि विजयीका लागि लाग्नूस् ।

चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले ‘माओवादी कार्यकर्तालाई एमालेमा आउन आग्रहसमेत गरे । हिजो हामीले नेकपा बनाएका थियौं, तपाईंहरू माओवादीको होइन, नेकपाको हुनुहुन्छ, उनले भने, प्रचण्डको पछाडि भुलले लाग्नुभयो । फर्किनूस् ।

माधव नेपाल नेतृत्वको नेकपा एस भन्ने पार्टी नै नभएको टिप्पणी पनि ओलीले गरे । एमाले सिध्याउने खेलको अवसान मंसिर ४ गते हुनेछ, उनले दाबीसहित भने, त्यस पार्टीमा अलमलिएर बसेका केही साथीलाई एमालेमा फर्किनुस्, कांग्रेस, जसपा र लोसपासहित अरूका पछि नलाग्न मेरो आग्रह छ ।


सम्बन्धित समाचार

२०८३ जेष्ठ ८

ताजा नेपाल