Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मोरङ ३ मा भानुभक्त र सुनिललाइ रेखाको चुनौति

विराटनगर । यतिवेला सिंगै देश चुनावी माहोलमा रंगिएको छ । तर, मोरङको क्षेत्र नम्बर ३ को माहोल भने अन्यत्रभन्दा अलिक बेग्लै छ । अभिनेत्री रेखा थापाको उम्मेदवारीका कारण यहाँको चुनावी परिदृश्य फरक बनेको हो ।

नेपाली फिल्म क्षेत्रकी हिम्मतवाली हिरोइन रेखा थापा पहिलो पटक प्रत्यक्ष चुनाव लड्दैछिन् । उनी यस क्षेत्रका स्थानीयवासीका लागि स्वतः आकर्षण’ बनेकी छन् । पछि मतपत्रमा प्रतिविम्बित होला, नहोला, तर अहिले भीड जुटाउन चाहिँ रेखालाई कठिन छैन । पार्टीका हस्ती नेताहरुभन्दा रेखा उपस्थित कार्यक्रममा सहजै भीड जुट्छ ।

थापाको चुनावी कार्यक्रम र घरदैलो छ भन्ने सुनेपछि गर्दागर्दैको काम छाडेर उनीसामु पुग्ने गर्छन् । धान थन्क्याउन खेत र खलिहानमा भएकाहरु पनि रेखा हेर्न मरिहत्ते गर्छन् । जसले यस क्षेत्रको चुनावी सरगर्मीलाई रमाइलो बनाएको छ ।

आफूलाई हेर्न र सुन्न आएका मतदाता र सर्वसाधारणसँग रेखा आफ्ना कुरामात्रै भन्दिनन्, अंगालो हाल्दै सेल्फी पनि खिच्न भ्याउँछिन् । यस क्षेत्रका चोक–चोकमा हुने कोणसभामा नाचेर पनि मनोरञ्जन गराइदिन्छिन् । उनीसँगै मतदाता पनि छमछमी नाच्ने गर्छन् । उनको कार्यक्रममा ज्येष्ठ नागरिक र युवाको विशेष सहभागिता रहने गरेको छ ।

रेखाले मनोनयन दर्ता गर्ने मितिभन्दा दुई साताअघि नै यस क्षेत्रमा उम्मेदवार बन्ने घोषणा गरेकी थिइन् । अहिले चुनावी मैदानमै रहेकी रेखाको पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीको यहाँ सांगठनिक मत भने कम छ ।

स्थानीय तह निर्वाचनमा वडा तहमा राप्रपालाई २ हजार १२१ मत आएको छ । तर, रेखाको चुनावी चर्चा र चहलपहल भने ३७ हजार ४१० मत आएको एमाले र ३६ हजार ९१६ मत आएको कांग्रेसको भन्दा कम छैन ।

यस क्षेत्रमा सत्ता गठबन्धनका सुनिल शर्मा र एमालेका भानुभक्त ढकाल चुनावी प्रतिस्पर्धामा छन् । २०७४ को निर्वाचनमा पनि यी दुई मुख्य प्रतिस्पर्धी थिए ।

अहिलेकै अवस्था र माहोल रेखाले निर्वाचनको दिनसम्म कायम राख्ने हो भने १ लाख ४९ हजार ८३३ मतदाता रहेको यस क्षेत्रमा त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिन्छ ।

उम्मेदवारमाझ घरदैलोमा रहेका तीनै जनाले आफूले नै जित्ने दाबी गरिरहेका छन् । पूर्वमन्त्री एमालेका ढकालले आफूले गरेको कामका कारण पुनः निर्वाचन जित्ने दाबी गरेका छन् ।

उनी २०७४ को निर्वाचनमा कांग्रेसका शर्मालाई हराएर सांसद भएका थिए । उनले आफू यस क्षेत्रबाट निर्वाचन जितेपछि विकास निर्माणको काम गरेको मतदातासमक्ष बताउँदै आएका छन् । ढकालले अघिल्लो निर्वाचनमा सुकुमबासी समस्या समाधान गर्ने वचन दिएका थिए ।

यस पटक पनि चुनावी प्रचारमा जाँदा उनी एमाले सरकारले भूमिसम्बन्धी समस्या समाधान गर्न आयोग बनाएको र त्यही आयोगले गरेको कामका कारण सुकुमबासी समस्या समाधानतर्फ गएको सुनाउँदै आएका छन् ।

उनले भने, पार्टीले सुकुमबासी समस्या समाधान आयोग गठन गरेर काम सुरु भएको छ । केहीले जग्गा धनीपुर्जा नै पाइसक्नुभयो ।

तर, उनको सुकुमबासी समस्या समाधान गर्ने वचन नै उनका लागि चुनौती बनेको छ । सुकुमबासी समस्या समाधान नभएको भन्दै मतदाता रिसाएको स्थानीय भीम राई बताँउछन् । यो क्षेत्रमा ३० हजार बढी सुकुमबासी रहेको अनुमान छ ।

सत्ता गठबन्धनका उम्मेदवार शर्मा विराटनगरको नोवेल मेडिकल कलेजका सञ्चालक हुन् । शर्मा २०७४ मा निर्वाचन हारेपछि पनि निरन्तर यही क्षेत्रमा छन् । यस क्षेत्रका नागरिकको स्वास्थ्य उपचारमा विशेष ख्याल राखेका शर्मा निर्वाचनमा यही जस लिन लागिरहेका छन् ।
क्षेत्र नम्बर ३ का मतदाताको उपचारमा नोवेल अस्पतालले विशेष छुटसहित सेवा दिँदै आएको छ । शर्मा भन्छन्, ‘मैले यस क्षेत्रमा गरेको कामका कारण यस पटक मैले जित्ने हो ।
उनले यस क्षेत्रका नागरिकको उपचारमा नोवेल अस्पतालमा ५० प्रतिशतसम्म छुटको व्यवस्था गरेका छन् । बितेका ५ वर्षमा शर्माले विभिन्न स्वास्थ्य शिविरहरु यस क्षेत्रमा गराएका छन् । यही कामका कारण निर्वाचन जित्ने बेलबारीका कांग्रेस कार्यकर्ता सञ्जय बस्नेत दाबी गर्छन् ।


सम्बन्धित समाचार

२०८३ जेष्ठ ८

ताजा नेपाल

मान्यहरूले गर्दैछन् सभापतिसँग छलफल

२०८३ जेष्ठ ८

ताजा नेपाल