Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बहुविवाह बिरुद्द गृहमन्त्री खाणविरुद्ध उजुरी

भैरहवा । गृहमन्त्री बालकृष्ण खाणविरुद्ध रुपन्देहीको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ ।रुपन्देही(३ प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहनुभएका खाणविरुद्ध अधिवक्ता तारा बरालले बहुविवाहमा संलग्न रहेको भन्दै उजुरी दर्ता गराउनुभएको हो । उम्मेदवारीविरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालय, रुपन्देही प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर ३ मा उजुरी परेको हो । खाण पाँच दलीय गठबन्धनबाट उम्मेदवार हुनुहुन्छ ।
यसअघि निर्वाचन आयोगमा दर्ता गर्न खोज्दा सम्बन्धित क्षेत्रमा उजुरी दर्ता गर्न भनेपछि रुपन्देहीमा आएर दर्ता गरेको अधिवक्ता बरालले बताउनुभयो । उहाँले भन्नुभयो, ‘खाण बहुविवाहमा संलग्न रहेको प्रमाण पाइएकाले उजुरी दर्ता गरेको हो, उनले गृहमन्त्री चलाउँदै गर्दा बहुविवाह गर्ने हजारौं जेलमा सडाउने काम गर्नुभएको छ, देशकै गृहमन्त्रीले रुपन्देहीमा दिलमाया खाण, काठमाडौंमा मञ्जु खाण नाम दर्ता भएकाले उक्त कुराको पुष्टि हुन्छ ।’
खाणले रुपन्देही–३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारी मनोनयनका क्रममा रुपन्देही–३ को मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पेस गरेको विवरणमा दिलमाया खाँण श्रीमती भएको उल्लेख गर्नुभएको छ भने त्यसबाहेक अरु निकायमा पेस गरेका कागजातमा भने उहाँले श्रीमतीका रुपमा मञ्जु खाणको नाम लेखेका बरालको दाबी छ ।


सम्बन्धित समाचार

२०८३ जेष्ठ ८

ताजा नेपाल

मान्यहरूले गर्दैछन् सभापतिसँग छलफल

२०८३ जेष्ठ ८

ताजा नेपाल