Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कांग्रेस एमाले मिलेर सरकार बनाउन् भन्ने हो : लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफूहरूको चाहना कांग्रेस एमाले जस्ता ठुला दलहरू मिलेर सरकार बनाउनुपर्ने बताए । संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै लिङ्देनले यदि कांग्रेस एमाले सरकार बनाउन नसकेमा गठबन्धनकै सरकार बन्नुपर्ने बताए ।
राप्रपा सरकारमा जानेगरी आफूलाई अघि नसारेको लिङ्देनले बताए । ठुला राजनीतिक दलहरू कांग्रेस र एमाले मिलेर सरकार बनाओस् भन्ने छ । नभए अहिलेको गठबन्धनले सरकार बनाओस् लिङ्देनले भने, हामी प्रतिपक्षमा बस्छौ भन्ने छ । सरकार बन्न नसकेमा वा आवश्यकता भएमा छलफल गरेर अघि बढ्सक्छौं ।

यदि राप्रपा सरकारमा जाने अवस्था आएमा हिजोको जस्तै अवस्थामा काम गर्नेगरी नजाने लिङ्देनले बताए । सेवा प्रवाहका दृष्टिकोण फरकढंगडले काम गर्नेगरी सरकारमा जाने उनले बताए ।

 


सम्बन्धित समाचार

२०८३ जेष्ठ ८

ताजा नेपाल

मान्यहरूले गर्दैछन् सभापतिसँग छलफल

२०८३ जेष्ठ ८

ताजा नेपाल