Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

क्रिप्टो हिन्दू राजनीति र संसदमा देखिएको असली अनुहार

  • अर्जुन ज्ञवाली

नेपाली राजनीतिक मैदानमा भुराजनीतिक टकराव अत्यन्त पेचिलो हँुदैगइरहेको छ । पश्चिमाहरूले हरेक मोर्चामा आफ्नो उपस्थिति प्रभावशाली रूपमा देखाएका छन् । कहिले इन्डो–पश्चिमामोर्चा अग्रभागमा देखिन्छ भने कहिले चिनिया–पश्चिमा मोर्चा फरक यतिमात्र हो । जबसम्म नेपाल मामिलामा चीन र भारत एकठाउँमा आउँदैनन् । यो प्रक्रिया निरन्तर रहिरहन्छ । अहिले चलिरहेको भूराजनीति पनि यही गोलचक्क्करमा घुमिरहेको छ । अमेरिकी र युरोपेली कित्तामा बसेर नक्कली राष्ट्रबादको खेती गरिरहेको राप्रपा होस् या कथित राजाबादी लगायत सेनाका अनुचरहरू पश्चिमा कित्तामा बसेर भ्रमको खेती गर्न चाहान्छन् । उपसभामुखमा निर्वाचित भएकी पश्चिमा क्रिश्चियन एनजीओसँग आवद्ध पात्रको बारेमा आफूलाई हिन्दूवादी नेता भन्ने राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले संसदमा गरेको प्रसंसा सुन्दा वैदिक सनातनीहरूलाई लाज लागेको छ । शिक्षा मन्त्री बनाइएका राष्ट्रय स्वतन्त्र पार्टीका शिशिर खनाल पनि क्रिश्चियन एनजीओसँग जोडिएका पात्र हुन् । राप्रपाले समानुपातिक सांसद बनाएकी पाष्टर बिना लामाको त टिप्पणी नै गर्नु परेन । राप्रपा लगायत तथाकथित राजावादी भन्ने क्रिप्टो हिन्दूहरूको अन्तिम गन्तव्य पशुपतिनाथ, गोरखनाथ, भैरवनाथ, मत्स्येन्द्रनाथ, चन्दननाथ होइन, भ्याटिकन नै हो ।

यसैगरी तथकथित सेना भारतको मानार्थ सेना र राष्ट्रसंघको शान्तिसेना मार्फत् इन्डो÷पश्चिमासँग बफादार रूपमा जोडिएकोछ । दरबार हत्याकाण्ड र गणतन्त्र घोषणा त्यसैका परिणाम हुन् । नक्कली राष्ट्रबादको आवरणमा क्रियाशिल छद्म गिरोहहरू यो विषय उठान गर्न चाहँदैनन् किनकि उनीहरूको नशो राजा बिरेन्द्रको वंशबिनास गरेको सैन्य हेडक्वाटरसँग जोडिएको छ । अहिले भारत र चिन मिलेर ताइवान, तिब्बत र सिक्किम खाए भन्नेहरू नेपालमा पश्चिमा अमेरिकी कित्ताका नक्कली राष्ट्रबादको मुकुण्डो लगाएका अनुचरहरू हुन् । तिब्बत चिनकै अङ्ग हो । इतिहासको हेक्का रहोस् नायब बहादुर शाहको समयमा नेपाल तिब्बत मामिलामा चिनियाँ सेनासँग युद्ध गर्नु परेको थियो । इतिहासको यो तथ्यले पनि पुष्टि गर्दछ तिब्बत एतिहासिककाल देखिनै चीन अधिनस्थ थियो । ताइवान चिनकै अभिन्न अङ्ग हो जसरी टिस्टा काङगडा नेपालको अभिन्न अङ्ग हुन् । फरक केहो भने माओले क्रान्ति गर्दा च्याङकाइशेक भागेर ताइवान गए र उक्त टापुमा शासन चलाए । हङकङ र मकाउ चिनले फिर्ता लिइसक्यो ताइवान एकीकरण प्रक्रियामा छ । नेपाल सन्दर्भमा किर्ते सुगौली सन्धिमार्फत् हाम्रो भुमी हडपेको बेलायत भारत छोडेर गैसक्यो ।

जानेबेलामा उक्त भुमि नेपाललाई फिर्ता दिनखोज्दा राणाहरूको बेइमानीका कारण पाउन सकिएन । फरक यतिमात्र हो । लिच्छविकालमा नेपालको ७०% ब्यापार भोटसँग थियो । बिआरआइ कार्यान्वयन हुँदा हामी लिच्छविकालको अवस्थामा पुग्न सक्छौं जसबाट भारत बेस्टित एकाधिकार पुँजिबादको अन्त्य हुन् जान्छ । हिजो राजाको समयमा चिन र रुसले नेपाललाई आत्मनिर्भर बनाउन स्थापित नाफामा चलेका ४५० मझौला उधोग र ३७ ठूला उधोगहरू २०४८ सालपछि भारतियहरूलाई कौडिको भाउमा बिक्रि गरेर नेपाली युवालाई खाडी पठाउने अपराधीहरू र तिनका छद्वमभेशी मतियारहरू अहिले लाजै नमानी बिआरआइ विरुद्ध चिनियाँ ऋणको जालो भनेर प्रपोगण्डा गर्दैछन । यसप्रकारका अमेरिकी राष्ट्रबादीहरूदेखि साबधान !

राष्ट्रपतिमा जोडिएको भूराजनीति
अहिलेको राजनीति प्रचण्ड, शेरबहादुर, केपि ओलीको पेरिफेरिको बहसमा देखिए पनि त्यतिमात्रै होइन । भुराजनिती टकरावसँग पनि जोडिएकोछ । बिगतमा शक्ति दरबारमा हुँदा त्यो मैदानमा देखिएको थिएन । सेनाले राजतन्त्र बिस्थापन गरेपछि आ–आफ्नो स्पेसको खोजीमा चिन पनि राजनीतिक मैदानमा छ । युक्रेनमा जेलेन्स्किले खुल्लारूपमा अमेरिकी सैन्य संगठन नाटोमा देशलाई लैजादा रुसले फौजी आक्रमण ग¥यो । नेपालमा अघोषितरूपमा सेना र कांग्रेसले एमसिसि र एसपिपिमार्फत नाटोमा लैजान खोजेपछि चिनियाँहरू मैदानमै कोल्डवारमा उत्रनु पर्यो । एमसिसि र एसपिपि बिरोधिलाई चिनियाँ चौकिदार भन्ने अमेरिकी राष्ट्रबादी आवाराहरूले हेक्का राख्न जरुरी छ भुराजनीतिक संवेदनशिल मुलुकमा सबै फाइदा बेफाइदाको मात्र हिसाब हुँदैन । चिनलाई मैदानमा बोलाउने काम कांग्रेसको एजेन्डा बिहीन राजनीति, उताउलो कुटनितिक अपरिपक्वता र सेनाको प्रोअमेरिकन गतिविधि हो ।

कम्बोडियामा तत्कालीन सेनापती लोननोलको कारण सेना विघटन भयो । अफगानिस्तानमा सेनाकै कारण जब राजा जाहिर शाह बिस्थापित भए तत्कालीन शोभियत सङघको सेनाले कब्जा ग¥यो । पछि त्यसलाई बिस्थापन गर्न अमेरिकाले तालिवान खडा ग¥यो । इतिहास पुरानै रूपमा दोहोरिँदैन । नेपालमा चिन अहिले सफ्टपावर मार्फत मैदानमा आइसकेको छ । अब हामिसँग हार्डपावर मार्फत् आउने वातावरण नबनोस् भन्ने बाहेक बिक्लप छैन । यो अवस्था ल्याउने दरबार हत्याकाण्ड गराउने सेना र कांग्रेस हुन् । यो अवस्थामा अब राष्ट्रपतिको चयन पनि त्यसरी नै हुनेछ । स्रोतकाअनुसार, सम्भावित राष्ट्रपतिका उम्मेदवार डोरमणि पौडेललाई प्रधानमन्त्री पुष्पकमल दाहालले हाइट नभएको भनेपछि विकल्पको रूपमा मोहनचन्द्र अधिकारी, सीपी मैनाली, नारायणमान बिजुक्छेतर्फ पनि ध्यान केन्द्रीत भएको छ ।

इतिहास ठ्याक्कै पुरानै रूपमा दोहोरिँदैैन । नयाँ रूपमा पुरानोको निरन्तरताकै रूपमा दोहोरिन सक्छ । कम्बोडियामा अमेरिकी योजनामा त्यहाँको सेनाले कु गरेर राजा नरोद्दम सिम्हानुकलाई सेनापती लोननोलले बिस्थापित गरेर गणतन्त्र स्थापना ग¥यो । नेपालमा हार्ड सैन्य कु मार्फत २०५८ जेष्ठ १९ गते तत्कालीन राजा बिरेन्द्र सहित सपरिवारको भारत–अमेरिकी योजनामा सेनाको दुईवटा सैन्य गणको सुरक्षा घेराभित्र हत्या गरियो । तत्पश्चात राजा ज्ञानेन्द्रले अमेरिकी योजनामा तत्कालीन सेनापती रुकमाङगत कटवाल र तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला प्रस्तावित बेबिकिङ नाति राजा अश्विकार गरे । त्यसपछि गणतन्त्र घोषणा पूर्ब तत्कालीन माओवादी नेता बाबुराम भट्टराई मार्फत कान्तिपुर टिभिको बहस क्रार्यक्रम मार्फत रअले साँस्कृतिक राजा राख्न सकिने कुरा व्यक्त गर्न लगायो जुन रेकर्डमा छ । राजा ज्ञानेन्द्रले त्यो प्रस्ताव पनि अश्विकार गरेकोले गणतन्त्र घोषणा गरियो । नरोद्दम सिम्हानुक रुस भ्रमणमा रहेको अवस्थामा सेनाले अपदस्थ गरेपछि चिन निर्बासनमा गए । नेपालमा पूर्ब राजा ज्ञानेन्द्र निर्बासनमा जानुभएन नेपालमै बस्नुभयो ।

नरोद्दम सिम्हानुक अमेरिकी सुरक्षा घेरा तोडफोड गरेर राजनीतिक कदम चिनको सहयोगमा अगाडि बढाउनुभयो । नेपालमा पूर्ब राजा ज्ञानेन्द्र आफुलाई धोका दिएको नाम नेपाली भए पनि भारतको मानार्थ र राष्ट्रसङ्घको शान्तिसेनाको घेरा वरिपरि पश्चिमाका अनुचरकै घेराउमा बसिरहेका छन् । अमेरिकी सैनिक सङगठ्न नेटोमा जोडिने युक्रेनी रास्ट्रपति जेलेन्स्किका कारण रुसले फौजी हमला गरेको छ भने नेपालमा एमसिसी र एसपिपि मार्फत् कांग्रेस र सेनाले नेटोमा लैजान खोज्दा चिन रुसजस्तो फौजीरूपमा होईन राजनीतिक रूपमा मैदानमा आएको छ । यसरी चिनलाई मैदानमा उतार्नेहरू काङ्ग्रेस र दरबार हत्याकाण्ड गराउने सेनाले के हेक्का राख्न जरुरी छ भने भारत अमेरिकी योजनामा काँग्रेस र सेना अगाडि बढ्न खोज्ने हो भने त्यही किसिमको प्रतिवाद राजनीतिक रूपमा हुनेछ । यो अवस्थामा अमेरिकी राष्ट्रबादको खेती नेपालमा बन्द भएकोछ । दरबारका राजा ज्ञानेन्द्रका वरिपरिका सचीव उनका अनुचरहरू र सेनाका अमेरिकी अनुचरहरूले राजाबादी आवरणमा सिआइए राष्ट्रबादको खेती त्यागिदिए हुन्छ किनकि अब तिमिहरूको अमेरिकी राष्ट्रबादको खेती गर्ने जमिन बाझिएको छ । बरु भारतको बम्बै या अमेरिकाको कुनै स्थानको यौन बजारमा ब्यवसाय गरे हुन्छ ।

हेक्का रहोस् यो २०५८ जेष्ठ १९ होईन २०७९ साल हो । यसकारण कम्बोडियामा सिम्हानुकको दरबारमा बसेर सिआइएको काम गरेजस्तै नेपालमा नारायणहिटिमा वरिपरि घुमेर सिआइएको काम गर्ने नेपाली अमेरिकी राष्ट्रबादिहरू चिनसँगको बिकाश साझेदारी बिआरआइको बिरोध गर्न शुरु गरेका छन । २०१७ सालपछि राजा महेन्द्रले कोदारी राजमार्ग खोल्दा बिपि कोइराला लागायतले यसरीनै बिरोध गरेका थिए । जसरी अहिले बिआरआइको बिरोध भइरहेको छ । यस प्रकारको भूराजनीतिक टकरावमा अहिलेको अमेरिकी जासुसहरूको वरिपरिको घेराबाट तीन करोड नेपाली जनता राजतन्त्रको पक्षमा भए पनि पुनस्र्थापना सम्भव छैन । किनकि भूराजनीति यति पेचिलो बनेको छ कि अमेरिकी रक्षाकवचको रूपमा रहेको सेनाको ढाछोपका लागि राजतन्त्र पुरानो मोडलमा फर्किंदैन । उसको स्पेश कम्बोडिया या लाओसको मोडल मात्रै हुनसक्छ । सम्भवतः चीनसँगको मैत्री साझेदारीमा राजा वीरेन्द्र लाओसको मोडलमा जान खोज्दा उनको वंश विनास गरिएको थियो । नेपालमा गणतन्त्र घोषणा भएको पनि १६ वर्ष बितिसकेको छ । गणतन्त्र घोषणापछि जन्मिएका बालबच्चाहरू कलेज पढ्ने भइसकेका छन् । यो अवस्थामा पुरानै घेरामा राजतन्त्र पुनस्र्थापना गर्नु भनेको ०५८ जेठ १९ लाई पुनः निम्त्याउनु हो । जहाँसम्म हिन्दू राजतन्त्रको कुरा छ नेपालमा हिन्दू राजतन्त्रको अन्त्य २०२८ सालको नयाँ शिक्षाबाटै भएको हो । यमे अवस्थामा वैदिक सनातनी हिन्दू–बौद्धहरूले घर–घरबाट जागरण ल्याउनु आवश्यक छ । सबैलाई चेतना भया ।