Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कतिसम्म पुग्ला सुनको मूल्य ?

काठमडाौ । नेपालमा सुनको मूल्यले ऐतिहासिक रेकर्ड बनाएको छ । माघ १२ गते, बिहीबार सुनको मूल्य प्रतितोला ७०० रुपैयाँ बढेर नयाँ रेकर्ड बनाएको थियो सोमबारको रेकर्ड तोड्दै सुनको मूल्यले बिहीबार उच्च विन्दुमा पुगेको हो । यस दिन छापावाल सुनको मूल्य ७०० रुपैयाँले बढेर १ लाख ६ हजार ९०० रुपैयाँ कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यो नेपाली सुन इतिहासकै हालसम्मकै महंगो मूल्य हो । यस्तै तेजाबी सुन पनि महंगिएर प्रतितोला १ लाख ६ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि मंगलबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको थियो । त्यसदिन सुन प्रतितोला एक लाख ६ हजार ३०० रुपैयाँको उंचाइमा पुगेको थियो । बुधबार भने सुन सामान्य घटेको थियो । हिजो सुन तोलामा १०० रुपैयाँले सस्तिएर प्रतितोला एक लाख ६ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । सुनको मूल्यले नयाँ उचाई कायम गरेको दिन चाँदीको मूल्य पनि बढेको छ । यस दिन चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेर १ हजार ३८० पुगेको छ । बुधबार भने चाँदी प्रतितोला १ हजार ३६५ रुपैयाँमा कारोबार भएको थियो ।
नेपालमा सुनको मूल्य अझै माथि जाने नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुमान रहेको छ । विश्वमा नै सुनखानी ७५ प्रतिशत रित्तिएको र २५ प्रतिशत मात्र बाँँकी रहेको अन्तरराष्ट्रिय संचारमाध्यमले लेखिरहेका छन् । जसकारण सुन युरेनियम भन्दा पनि महत्वपूर्ण हुने र सुनको प्रयोग विशेष स्थानमा मात्र हुने आंकलन गरिएको छ । सोहि क्रममा अमोरिकाका विज्ञहरुले विश्वभर भइरहेको मूल्यवृद्धिको तुलनामा सुनको भाउ नबढेको गुनासो गरिरहेका छन् । विज्ञहरुका अनुसार प्रतिअउन्स सुन तीन हजार डलरसम्म पुग्न सक्नेछ । सोहि आधारमा नेपालमा पनि सुनको भाउ २ लाख रुपैयाँसमम्म पुग्न सक्ने अनुमान महासंघको रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका महासचिव धर्म सुन्दर बज्राचार्यले सुनको भाउ तत्काल नै २ लाख रुपैयाँ नपुगे पनि बिस्तारै पुग्न सक्ने बताएका छन् । विश्वमा सुनको भाउ बढिरहनु र डलरको तुलनामा नेपाली रुपैयाँ कमजोर हुँदै गइरहेकोले पनि सुनको भाउ बढोत्तरी हुँदै जाने महासचिव बज्राचार्यले खुलाउँछन् ।