Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सर्वोच्चमा एमाले र काँग्रेसकै लडाईं

काठमाण्डौ । कानूनी राज्य र विधिको शासन नहुँदा राजनीतिक अराजकता र उदण्डता चर्केको छ । जसले संघियताको स्थायित्व रुचाएको थिएन गणतन्त्र पचाएको थिएन त्यो शासन बन्दा देशले मुक्ति पाएन । कम्युनिष्टको नाममा शासक बन्दा तीनैले एकलौटी गरे । सरकारका प्रतेक तह कव्जा गरेर आफू राजा बन्दा आफ्नै प्रशसा आफ्नै प्रचार त गरे तर एयरपोर्टबाट भित्रिने सुनको सम्बन्ध तस्कर र माफीयाको सकृयताको ख्याल गरेनन् । प्रहरी आईजीपी समेत सांसद अपहरणमा खटे । कानूनी शासन र विधिको सर्वोच्चता भएन् । त्यसकै असर अहिले संवैधानिक निकायमा परेको छ । तीनले बोल्न सक्दैनन विद्रोह हुँदैन दलीय हस्तक्षेप चर्को छ ।
सर्वोच्च अदालत राजनीतिक भागवण्डामा चलेको छ । जिल्ला र उच्च अदालतहरूको तह त्यस्तै छ । काँग्रेस र एमालेको ढलीमलिबाट चम्केको प्रशासनिक क्षेत्र, संवैधानिक क्षेत्र, कुटनीतिक क्षेत्र समेत शुद्ध पार्टी करण छ । कुनै सस्थालाई उसको कानून अनुसार चल्न नदिने पौरखीहरूबाट व्यवस्था बदनाम भएको छ । उनका पालामा पक्रेको सुन पित्तल भयो, गैडाको खाग बाँसको जरा भयो । राजस्वले कतै राजस्व बढाएन सम्पत्ति शुद्धिकरणलाई सकृय बनाईएन् । अहिले सरकारले धमाधम काम गर्न थाल्दा एमाले भने अदालतलाई पंगु बनाउन सफल छन् । सर्वोच्चमा काँग्रेस पक्षधर विश्वम्वर श्रेष्ठ, कुमार रेग्मी, प्रकाश मान राउत हुन भने एमाले हरी फूयाल, सपना प्रधान नहकुल सुवेदी हुन् ।
राज्यश्रोत खर्च गरेर बाँचेको नेता राज्यमा आँफू बाहेक अरु शासक बन्न पुगेको देख्न सक्दैन् । उ आफै मान्छे मारेर १४ बर्ष जेल वसेको हो । उसैले राजनीति परिवर्तनको आन्दोलन गरेको दावी गर्छ । जसको ०६२÷०६३ मा साथ थिएन् । त्यो आन्दोलनको विरुद्ध बालकोटमा बसेर बयलगाडा चढेर अमेरिका पुगिदैन भनेकै हो । पार्टीका पुराना अनुभवि नेता खेदेर ज्ञानेन्द्रको जयजयकार गर्ने कोमल ओली, एकनाथ ढकाल, वद्री प्रसाद न्यौपानेहरूलाई काखी च्याप्छ र कम्युनिष्ट पार्टीको सक्कली सिहानुक बन्छ । त्यस्तै चरित्रले नेकपा समाप्त पारे । काँग्रेसका कुमार रेग्मीलाई केपीले पार्टी फुटाइदेउ भनेका हुन् ।
अख्तियारमा हस्तक्षेप छ । प्रमुख आयुक्त आफैं भ्रष्टाचारमा जोडिएका छन् । मानब अधिकार आयोग जसले नियुक्ति गरायो त्यसकै भक्त छ । अदालतका प्रधान न्यायधिस सत्ताको भाग खोजेर विवादमा परे महाअभियोगको सामना गरे । उनको धन्दाको कहाँ के छानविन भयो त्यो हेरिदा धेरै गल्ती देखियो । गलत काम गर्न सघाउने चोलेन्द्र र केपीले सेना, प्रहरी, शसस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धानलाई पंगु बनाए । उनको त्यो बहादूरीले जनतामा चमक आएन् । स्तुती गान त तीनका छौडा र साईवर स्यालले गाए । तर काम जनमुखी थिएन् । आफ्ना पालामा अपराधको भण्डाफोर हुने डरले गृहमन्त्रीको विरुद्ध तीनको ध्यान छ । तर आँफूले टेकेको धरातल तीनले बुझेनन् । प्रगतिशील कानूनको कुरै छैन् । पंचायतका कुडा कर्कटहरू बोकेर कतै पनि जन पक्षीय शासन चल्दैन भन्ने शिक्षा तीनका विस्वास प्राप्तले किन नदिएका होलान् ।

गृहमन्त्री नै आक्रमणको तारो 
सूरक्षाफौजको कानून आफनै छन् । सरकारले जुन काम दिन्छ प्रहरीले गर्ने त्यही हो । प्रहरीलाई पार्टी करण गर्ने काँग्रेस र एमाले नै हुन् । एयरपोर्ट भित्र प्रहरीलाई किन जिम्मेवार पूर्वक कार्य क्षेत्र तोकिएन ? एकतोला सुनको सिक्रीमा रेकी गर्ने प्रहरीलाई भन्सारमा किन अग्रमोर्चा दिइएन् । प्रहरीकै केही हाकीमले विगतमा सुनको विस्कुट पनि ओसारे कै हुन् । प्रहरीले अपजसबाट मुक्त हुन समय लाग्छ । तर देखिने त जहाँ पनि प्रहरी नै हो । जुन संगठनलाई उसकै कानुनमा चल्न दिएको रेर्कड विगतमा थिएन् । यस पटक गृहमन्त्रीमाथि नै नियोजीत आक्रमण गर्ने काम एमालेवाट भएको छ ।
एमाले आफ्ना पौरखी योजना छानविन नहुन भन्ने चाहेको छ । सहकारीको ठगी, मिटरव्याजको लुटमा धेरै एमाले छन् । नीतिगत रूपमा भएका एक दर्जन भ्रष्टाचारको छानविन हुँदा ईश्वर पोख्रेल, गोकूल वास्कोटा, विष्णु पौडेल, भानुभक्त ढकालहरू जोगीने अवस्था छैन । शम्सेर मिया, टोपवहादुर रायमाझी जस्ता पौरखीहरू त्यहाँ चिनिए । एमालेलाई नै कानूनी रूपमा चिनाउने र राजनीतिक रूपमा परिचित बनाउने विषय उसैले स्थापित गरेको छ । नारायणकाजी श्रेष्ठले निष्ठाको राजनीति गर्दा निष्ठामा चल्न नसकेकाहरू राजीनामा माग्छन् । तर कानूनी राजमा कानूनको सर्व श्रेष्ठता हुन्छ । माओवादीको नेतृत्वले कानूनकै साहरा लिएको हो । एमालेका केपीले आफै कानून बनेर ऐन नियम स्वार्थ अनुकुल फेरेर गिरि वन्धुटि स्टेटको ऐन फेर्न शिवमाया कहिले कानून मन्त्री भइन् कहिले भूमि सुधारमन्त्री । नेपाल ट्रष्टको नेतृत्व आफ्नैमा सारेर थामसेर्कु, यति समूह, वतास समूहलाई पोसेकै हुन् । त्यो वापत बोरामा लिए होलान माओवादीले रिश गरेन् । केपीको सम्वन्ध दिपक मलहोत्रासँग बढी हुनुको कारण त्यही हो । तर अहिले एमाले गृहमन्त्रीमाथि आक्रमण गरेकै छ । ओलीको यो पौरखी कामको सर्वत्र चर्चा छ । जोडिने जताततै आँफू भन्ने अरुलाई ? ओलीको ४१ महिने शासनको ३८ कुइण्टल सुन प्रकरण छानविन किन अलपत्र भयो ? लहरो तान्दा पहरो गयो । बामदेव र दिपक मलहोत्रा जोडिए काम थन्कीयो ।
अहिले पनि सुन काण्डसँग महरा बावुछोरा, जर्नादन, वर्षमान, पूर्व उपराष्ट्रपति नन्दकबहादुर पुन जोडिएका छन् । पुनकी बहिनी अमलाको विवाह त्यस्तै तस्करसँग भएको देखियो । कम्युनिष्टको आदेश र चिन्तन यहाँ भएन् ।


सम्बन्धित समाचार