Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं। प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष नेताहरुको बैठक बसिरहेको छ। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी छन्। बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक पनि सहभागी छन्। संक्रमणकालीन न्यायसम्बन्धी विषयलाई टुंगोमा पुर्याउन नेताहरू छलफलमा जुटेका हुन्।
टीआरसी विधेयकमाथि छलफल
संक्रमणकालीन न्याय सम्बन्धी विषयमा छलफल गर्न प्रधानमन्त्री प्रचण्डले अहिले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरिरहेका छन्। आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भइरहेको छलफल बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक टीआरसीमा सहमति जुटाउने केन्द्रीत छ। छलफलमा कांग्रेसबाट कांग्रेसका प्रमुख सचेतक रमेश लेखक पनि सहभागी छन्। सो विधेयक संसदमा विचाराधिन अवस्थामा छ। विधेयक अगाडि बढाउने तयारी हुँदा दलहरुबीच सहमति नजुटेकाले संसदको बजेट अधिवेशनमा पेस भएको थिएन। सरकारले छिट्टै संसदको हिउँदे अधिवेशन बोलाउने तयारी गरेको छ। शीर्ष तहमा सहमति जुटेमा हिउँदे अधिवेशनमै टीआरसी पास गर्ने तयारी छ।
२०८१ मंसिर ११
ताजा नेपाल
२०८१ मंसिर ११
ताजा नेपाल
२०८१ मंसिर ११
ताजा नेपाल