Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एनसेल प्रकरणमा देउवा र ओलीको मुख टालियो

काठमाडौं । काम पाइनस घैटे पाडाको नाइटो खेला भने जस्तै भएको छ यो देशका असफल शासकका लागि एनसेलको शेयर बिक्री प्रकरण । प्रचण्ड, देउवा र केपी ओलीसम्मलाई पैसाले किनेर व्यापारको नाफाबाट राज्यलाई तिर्नु पर्ने करमा जालझेल गर्ने एनसेलका नेपाली लगानीकर्ता सतिशलाल आचार्य हुन् । जोसँग प्रचण्ड, केपी, देउवा नजिक छन् । केपीको सिंगापुरको उपचार खर्च तिनै सतिशलालले व्यहोरे, प्रचण्डले पत्नीको उपचार गर्दा सिंगापुरमा सतिशलालकै घरमा बसेको बताएकै छन् ।
प्रचण्ड जति खुला भए केपी र देउवा खुलेका छैनन् । महारानी डा. आरजु नै यहाँ जोडिएकी छिन् । ७ वर्ष अगाडि १ खर्ब ४३ अर्बमा खरिद गरेको शेयर अजियाटाले ६ अर्ब ६५ करोडको यिनै शतिसको कम्पनी स्पेक्ट्रलाइट युकेलाई जिम्मा दिएको विषय नै सबैको पेट पोल्ने भयो । ठूलालाई छूट दिने सानालाई न्याक्ने नेपाली लोकतन्त्रको आर्थिक विशेषता बुझेका कथित अर्थविद् पनि समयमा बोल्दैनन् । अर्थसचिव, मन्त्री, सञ्चार सचिव, करदाता कार्यालय र राजश्वमा सतिशलाल, विनोद चौधरी, अजय सुमार्गी, दीपक मलहोत्राका फ्यान भएपछि देशले पाउनु पर्ने राजश्व बढ्ने ठाउँ रहेन र हुँदैन । अहिले सरकारले पूर्व सचिव टंकमणि शर्माको नेतृत्वमा एनसेल प्रकरण छानविन समिति गठन गर्दा संसदको सार्वजनिक लेखा समिति र राज्य व्यवस्था समिति जमजमाए ।
ती दुवै समितिको छानविन भनेको प्रधानमन्त्री र सञ्चारमन्त्रीलाई आ–आफ्नो बैठकमा बोलाएर ¥याख¥याख पार्ने हो । किनकि लेखा समितिमा एमाले अध्यक्ष केपीका विश्वासी पुरषोत्तम काफ्ले छन् भने राज्य व्यवस्था समिति काँग्रेसी भाउजुका एसम्यान रामहरि खतिवडा छन् । टंकमणि नेतृत्वको समितिले १० दिनभित्र आफ्नो छानविन रिपोर्ट सरकारलाई बुझाउने तयारी गरिरहेको छ । यी दुवैको काम माओवादी नेतृत्वलाई आक्रमण गर्ने र काँग्रेसकी भाउजु एमालेका श्री ५ को सिंगापुर बसाई र खर्च लुकाउने हो । जुन कुरा प्रधानमन्त्री प्रचण्डले स्पष्टसँग भनेका छन् त्यो कुरा देउवा र ओली भन्दैनन् । किनकि एमाले र काँग्रेस भनेका यो देशका उद्योग बेच्ने, वायुसेवा कम्पनीलाई ध्वस्त पार्ने, देशमा बेरोजगारी बढाएर नेपाली युवालाई खाडीमा पठाउने, देशका व्यापारीसँग मिलेर आफू खाने जनतालाई महंगीमा डुबाउने स्थायी पार्टी हुन् । मुलुक नचुसेका भए ०४८ सालसम्मका ढाक्रे शेरबहादुर देउवा र केपी ओलीका आलिसान दरबार ठडिने थिएनन् । एनसेलले सबैलाई किनेको छ । विश्वका धनाढ्य सूचिमा परेका विनोद चौधरीले तत्कालिन राजा वीरेन्द्र र ऐश्वर्यको सम्पत्ति हजम गरेर उद्योगपति बनेका कुरा सबैलाई पत्तो भएकै कुरा हो । चौधरीले मुलुकलाई कति राजश्व तिर्छन् कतिलाई रोजगारी दिएका छन्, सामाजिक उत्तरदायित्व बहनमा यिनको सक्रियता कति छ ? सबैलाई पत्तो भएकै विषय हो । एकजना भारतीय जासुसी संस्था रअको एजेन्टले संसद बन्न माओवादीको शरण लियो । काँग्रेसले उसको विगत र वर्तमान बुझ्यो र टिकट दिएन । सांसद जसले बनायो उसेको खेदो खन्छ । आफू घर चलाउन प्रधानमन्त्रीसँग २५ लाख माग्छ, दलाली गर्दै आइफोन भए पनि पाउँ भन्छ । त्यस्तो थाङ्नेबाट प्रधानमन्त्री पनि पीडित छन् । पूर्वाग्रही भएको भए त्यसको अंगरक्षक खोस्न पनि सकिन्थ्यो । तर यहाँ यस्ता नन्दी भिरिङ्गीहरूबाट संसद कसरी प्रतिष्ठित बन्छ ठूला दलका राजाहरूले यस्ता प्रवृत्तिलाई कसरी लिएका छन् ?