Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेपाली काँग्रेसको शेखर कोइराला पक्षसँग निकटता बढाएर काँग्रेसमा विग्रह ल्याउने दाउमा छ नेकपा एमाले । त्यही प्रयास स्वरुप नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भेटवार्ता गरेका छन् । उनले बालकोटस्थित निवासमा पुगेर ओलीसँग भेटेको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । भेटका क्रममा उनीहरुबीच शान्ति प्रक्रियाका बाँकी विषयलाई टुंग्याउने लगायतका विषयमा छलफल भएको शर्माले उल्लेख गरेका छन् । उनले भिन्न पृष्ठभूमि र आस्था भएर पनि आफूहरु सँगै उभिँदा शान्ति र संविधान प्राप्त भएको उल्लेख गर्दै अबको सहकार्यले शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा गर्नुपर्ने बताए । भिन्न पृष्ठभूमि र भिन्न आस्था भएर पनि जब हामी ‘एक ठाँउमा’ उभिएका थियौं, तब सहकार्यको मार्गबाट देशले शान्ति र संविधान प्राप्त गरेको थियो, शर्माले लेखेका छन्, सहकार्यको अबको चरणले शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा गर्नुछ, संविधानप्रति अपनत्वको दायरा बढाउनुछ र समुन्नतिको यात्रामा गति बढाउनुछ । दोस्रो जनआन्दोलनका सहयात्रीहरुले देशको साझा कार्यभार पूरा गर्न साझा दृष्टि तय गर्नुपर्ने तथा अर्कोतर्फ त्यो दृष्टिमा नयाँ दलहरुलाई पनि सँगै सहकार्यमा गाँसेर अघि बढ्नुपर्ने आवश्यकता शर्माले औंल्याएका छन् ।
२०८१ मंसिर ११
ताजा नेपाल
२०८१ मंसिर ११
ताजा नेपाल
२०८१ मंसिर ११
ताजा नेपाल