Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं। सुन भनी फलाम दिएपछि ठगी गरेको आरोपमा प्रहरीले सोलुखुम्बु घर भएका ४५ वर्षीय टासी लाक्पा शेर्पालाई पक्राउ गरेको छ। तीन साता लामो अनुसन्धानपछि ठगी केसमा जिल्ला अदालतमा मुद्दा समेत दायर भइसकेको छ।
शेर्पाले चिनजानको मानिसलाई सुन भन्दै फलामको सामान दिएर ठगी गरेको अनुसन्धानमा खुलेको छ। सुजन बराइली नामका युवकले आफू ठगिएको भन्दै प्रहरीमा उजुरी दिएका थिए। टासीले आफूलाई ६० लाख रुपैयाँ आवश्यक परेको भन्दै सुजनसँग मागेका थिए।
सुजनले आफूसँग २० लाख रुपैयाँ मात्र छ भन्दै उक्त रकम दिएका थिए। रकमको बदलमा खादा र टेपले प्याकिङ गरेको पोको सुन भन्दै दिएका थिए। तर खोलेर हेर्दा फलामको टुक्रा निस्किएको थियो।
त्यसपछि टासीले आफूलाई सो सामान अरूले नै दिएको भन्दै रकम फिर्ता नगरेपछि सुजन प्रहरी कहाँ पुगेका थिए।
२०८२ चैत्र ४
ताजा नेपाल
२०८२ चैत्र ४
ताजा नेपाल
२०८२ चैत्र ४
ताजा नेपाल