Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एसईई खारेज गर्नु हुँदैन : राष्ट्रिय परीक्षा बोर्ड

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईई खारेज नगर्न सरकारलाई सुझाव दिएको छ । संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बिहीबारको बैठकमा यसबारे छलफल भएको हो ।

छलफलमा बोर्डका अध्यक्ष महाश्रम शर्माले प्रस्तावित विद्यालय शिक्षा विधेयकमा कक्षा १० को परीक्षा हराएको भन्दै एसईई प्रादेशिक रूपमा सञ्चालन गर्न आग्र गरेको छ । आयोगले खारेज नगर्न प्रस्ताव गरेका छन् ।

बिनाअनुसन्धान एसईई हटाउन नसकिने उनको भनाइ छ । छिमेकी मुलुकहरूमा समेत कक्षा ८, १० र १२ मा बोर्ड परीक्षा हुने प्रावधान रहेको हकमा नेपालमा हटाउनुको परिणाम सकारात्मक हुन्छ नै भन्ने ग्यारेन्टी नभएको उनको भनाइ छ ।

कक्षा ८ पछि १२ को परीक्षा लिने हो भने ५० प्रतिशत विद्यार्थी पास हुन्छन्, तर १० को परीक्षा हटाएमा यो दर ३० प्रतिशतमा झर्छ” शर्माले भने ।

१० कक्षामा अनुत्तीर्ण भएपनि विद्यार्थीले १२ सम्म पढ्ने तर १२ मा फेल भए पढाइ नै छोड्नसक्ने भएकाले एसईई हटाउन नमिल्ने उनले बताए ।