Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ठूला नेतासँग जोडियो एनसेल

काठमाडौँ । भ्रष्टाचार र व्यथितिमाथि कारबाही हुँनै नदिने नेपाली कांग्रेस देउवा पत्नी डाक्टर आरजुको आम्दानीका स्रोत मोहन बस्नेत, सुनिल पौडेल र विकल्प पौडेललाई कारबाहीबाट मुक्त गराउने दाउ छ । कांग्रेस जस्तो भ्रष्ट नेताको जमघट भएको पार्टीसँग सत्ता सहकार्य गरेको माओवादी समेत बदनाम हुँदैछ । कांग्रेसको जोड गंगालाल हृदयअस्पतालको १० रोपनी जमिन काण्डमा जोडिएका चौधरी समूहका अरुण चौधरीमाथिको कारबाही होस् वा विनोद चौधरीको टेलिकम स्मार्ट टेलिकमले राज्यलाई तिर्ने २७ अर्ब उठाउन नदिनेमा छ । गेटवे प्रणालीको भुक्तानीमा सहभागी पौडेलद्वय अख्तियारको छानबिनमा छन् भने सिआइबीको छानबिनमा रहेका अरुण चौधरी बिरामीको नाटक गर्दै ग्रान्डी अस्पतालमा भर्ना भएका छन् ।

ओली र देउवा संरक्षक
करको विषयमा बारम्बार विवादमा आइरहने एनसेलको सेयर बिक्री प्रकरणको राजस्व छली छानबिन गरेको टंकमणि शर्मा समितिको सुझाव कार्यान्वयन गर्ने सरकारको तयारी छ । देशमा लगानी असुरक्षित भयो भन्ने दोष देखाएर राजस्व छल्ने अजिटिया समूहको व्यापार जहाँ पनि विवादित छ । त्यो कुराको संकेत टंकमणि शर्मा समितिको प्रतिवेदनमा पनि छ । यो समूहका नेपाली लगानीकर्ता सतिशलाल गुरुवाचार्य पेटरोग विशेषज्ञ स्वर्गीय डाक्टर ईश्वरलाल आचार्य (आइएल) का पुत्र हुन् । उनकी पत्नी भने सिङ्गापुरकी नागरिक हुन् । नेपालको राज्य सञ्चालनमा रहेका नेता, मन्त्रालयका सचिवसम्म ठूला खरिद प्रकरणमा जोडिएर देश लुट्दा राजस्व गुमेको छ । शर्मा नेतृत्वको समितिले सेयर बेच्दा सरोकार राख्ने दूरसञ्चार प्राधिकरण, कम्पनी रजिस्टर कार्यालय, सञ्चार मन्त्रालय समेतलाई एनसेल व्यवस्थापनले हेपेको देखियो । जहाँ कारोबार गर्यो त्यही पेल्ने एनसेलका सतिशलालको त्यो शक्ति कसरी आयो ? सबै छर्लङ्ग छ उनी प्रचण्ड, कांग्रेस सभापति र एमाले अध्यक्षका आर्थिक स्रोत हुन् । कानुनी रुपमा सेयरको बिक्री पुष्टि नहुने आजिटियाको ८० प्रतिशत सेयर ६ अर्बमा बेच्यो भन्दा पत्याउने ठाउँ भएन । जबकि ६० अर्ब कर तिरेकै छैन । यो खेल केपी र देउवाको साथ लिएर खेलिएको हो । प्रचण्ड सरकारले एनसेलबाट कर असुल्छ भन्ने विश्वास जनतामा छैन । किनकि प्रचण्डलाई एक वर्ष सत्तामा टिक्नु छ, त्यसका लागि कांग्रेसका देउवा एमालेका ओलीलाई रिझाउनु पर्छ । त्यसो त टेराम्याक्स प्रकरणमा एमालेका शेरधन राई र गोकुल बास्कोटा पनि जोडिएका छन् । राईपछि मोहन बस्नेत हुँदै गोकुलसम्म पुग्दा १ अर्ब ८५ करोड भ्रष्टाचार भएको छ । यो प्रकरणमा हालका मुख्य सचिव डा बैकुण्ठ अर्याल सञ्चार सचिव भएका बेला मुछिएका थिए । त्यसो त विश्व बैङ्कको ग्रामीण दूरसञ्चार कार्यक्रमको १ करोड १८ लाख ६५ हजार डलर अनुदान सिजी ग्रुपले पचाएकै हो ।

औद्योगिक घराना बदनाम
कांग्रेसको युवा पुस्ता भ्रष्टाचारमा आफै सहभागी छ । मौका पाउँदा व्यवसायिक किसानले पाउने अनुदान आफैं हजम गर्ने युवा महामन्त्री गगनका कुरा चर्का हुन्छन् । प्रचण्ड नेतृत्वमा स्वास्थ्यमन्त्री पाउँदा दिउँसो बेपत्ता राति राति निर्णय गरेर कान्तिपुरमा समाचार लेखाएर स्वास्थ्य क्षेत्र सुधार गर्ने यिनै हुन् । कटनेकाजी मोहन बस्नेत गगनकै बाटोमा लागेका छन् यिनलाई काम गर्न योग्य कुशल डाक्टर होइन कांग्रेस चाहिएको छ । बजारमा १८ करोड पर्ने एक्सरे मेसिन यिनले ४० करोड खन्याएर विशाल पण्डित नामको माफियालाई मिल्ने कोटेसन तयार गर्न लगाएर राम्रै भ्रष्टाचार गरेका छन् । ज्ञानेन्द्र कार्की सञ्चारमन्त्री, महेन्द्र गुरुङ सञ्चार सचिव भएको बेला सुरु भएको दूरसञ्चार प्रविधि सम्बन्धी सिस्टम अहिले अख्तियारको अनुसन्धानमा छ । अख्तियारले काङ्ग्रेसका मन्त्री मोहन बस्नेत र मन्त्री बन्ने बाटो कुरेका ज्ञानेन्द्र कार्कीसँग बयान लिएको छैन । किनकि यी दुवै सभापति देउवाका विश्वास प्राप्प पात्र हुन् । भ्रष्टाचारीहरूलाई कारबाही नगर्ने हो भने बेथिति झन् बढ्नेछ । प्रधानमन्त्री प्रचण्ड सत्ता गठबन्धनका नेताहरूसँगको परामर्शमा छन् । प्रहरीको सिआइबीले मात्र हरेक ठाउँको अनुसन्धान गर्न भ्याएको छैन । सहकारीदेखि क्रिप्टो करेन्सी कारबाही होस् वा बाँसबारी छालाजुत्ता कारखानाको गंगालाल मुटु रोग अस्पताललाई दिइएको १० रोपनी जमिन १२ लाख ५० हजारमा कब्जा गर्ने भष्मासुर घराना चौधरी गु्रपको ठगी जहाँजहाँ त्यो समूह पुग्यो त्यहाँ त्यहाँ देखिन्छ । जग्गा फिर्ता गरेर अरु अपराधबाट उम्कने चौधरीको दाउ छ ।

चौधरीको दबदबा
तत्कालिन राजपरिवारको सम्पत्तिबाट देश विदेशमा लगानी गरेको त्यो समूहले मानव सेवाका लागि स्थापना गरेको अस्प्ताल निर्माण गर्दा पनि १ रोपनी ८ आना सार्वजनिक जमिन थापाथलीमै कब्जा गरेको छ । विश्वको धनी विनोद चौधरी नै संरक्षक रहेका कम्पनीहरूले नै राज्यश्रोतमा मनपरी गरेका छन् । अर्थमा कर्मचारी पठाएर राजश्वका दर घटाउने र सरकारलाई धम्क्याउने सामथ्र्य भएका विनोदले एमालेको संविधानसभा सदस्य भएपछि संसदको स्वद पाए । त्यसपछि एमालेले टेरेन, उनी नेपाली काँग्रेस बनेर अहिले निर्वाचित सांसद निर्वाचित केन्द्रीय सदस्य भएका छन् । तर धम्की उनकै छ । ललितपुरको बखुण्डोलमा हाउजिङले जनताको घर चिरा चिरा परेको छ । आर्थिक उदारवादको ऐलान गर्ने नेपाली काँग्रेसले देशलाई कसरी टाट पार्छ यसको अर्थ नीतिले जनता कति पीडित छन् भन्ने प्रमाण दशैंको बेला ८५ रुपैयाँको चिनी रु १२५ प्रतिकेजी बनाएर कृतिम अभाव सिर्जना गर्नु हो । अहिले पनि कालो बजार उस्तै छ । अर्थमन्त्री र उद्योग बाणिज्य तथा आपूर्तिमन्त्री काँग्रेसकै छन् । तर काँग्रेस जनताको मर्का बुझ्दैन, कालो बजार अनुगमन गर्दैन । सञ्चार मन्त्रालय अन्तर्गत विगतमा गरिएको लुट प्रकरणको अख्तियारले छानविन गर्दा मन्त्री र नेतालाई बयान दिन पठाउँदैन । यस्तो लुटाहा समूहसँग सत्ता गठबन्धन गरेका वापमन्थीहरूको समेत बदनाम भएको छ । अपराधी पक्राउ गर्नासाथ नेताको फोन आउँछ भनेर गृह तथा उपप्रमले भन्नु पर्ने बाध्यताको कडी नै काँँग्रेस बन्दैछ ।

सबै दलका साझा पौडेलहरू
कांग्रेसका ज्ञानेन्द्रबहादुरले तत्कालीन समयमा डाक्टर आराजुको निर्देशनमा भर्ना गरेका सुनिल र विकल एकैपटक पक्राउ परे । त्यो बेलासम्म दुवैजना आफ्नै कार्यक्षेत्रमा थिए । टेलिकमका सुनिल अख्तियारका आयुक्त जयबहादुरको शरणमा भएको चर्चा थियो भने राष्ट्रिय सूचना प्रविधि केन्द्रका विकल डाक्टर आराजुको सेवामा थिए । दुवै पावर वाला एकै छातामुनि हुँदा कारबाही हुने अवस्था आउँदैन भन्ने थियो । तर दुवै विदेश भाग्न लाग्दा समातिए अमेरिकी नागरिक बनेका यी दुवै लुटाहाले कांग्रेस, एमाले तथा माओवादीका सञ्चारमन्त्रीसँग मित्रता गाँसेका थिए । नेसनल पेमेन्ट गेटवे प्रणालीसँग जोडिएका सुनिल पौडेल र तत्कालीन सञ्चार सचिव मधुमरासिनी २३ करोड२७ लाखका अपराधी बनेका छन् भने मुद्रण केन्द्रका विकल पौडेल सेक्युरिटी प्रिन्टिङ प्रेस उपकरण खरिदमा ९६ करोड आठ लाख ८१ हजार ८५४ बिगो तोकिएको छ । विकललाई त्यो ठाउँ दिने माओवादीका राम कार्की हुन् । गोकुल सञ्चारमन्त्री बन्दा झन् बलियो भएका थिए । चुनावी सरकारको प्रमुख देउवा, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की भएपछि विकलको सम्बन्ध डाक्टर आरजुसँग भयो । योजना बिना ३५ करोड झ्वाम पार्न उनी सफल थिए । सेक्युरिटी प्रेस काण्डमा ९६ करोड भ्रष्टाचारको रहस्य खुलेपछि विकल अख्तियारको नजरमा परेका हुन् । सुनिलले सिंगापुरमा खाता खोलेर दुई लाख ८ हजार अमेरिकी डलर र १० हजार सिंगापुर डलर राखेका थिए । यी दुबैको सिङ्गापुर युनाइटेड बैङ्कमा खाता हुँदा झन् संका बढेको हो । उनीहरू दुवै सिङ्गापुरको सञ्चारसम्बन्धी कम्पनीका एजेन्टको रूपमा देखिए ।

काम गर्दै चिप्लिँदै
सरकारले राम्रा कामको शुरुवात गर्दा साथ नदिने प्रमुख प्रतिपक्षीलाई कुनै चासो छैन । उसैले एकलौटी शासन गर्दा देशमा व्यापक भ्रष्टाचार भयो । नीतिगत भ्रष्टाचार त्यो बेला चर्कियो । अहिले पनि त्यो पद्दति जारी छ । प्रमुख प्रतिपक्ष एमालेलाई एनसेल प्रकरण, गेटवे खरिद प्रकरण, स्मार्ट टेलिकम कम्पनीको कर प्रकरण, विद्युतीय महसुल प्रकरण थाहा छ । सेक्युरिटी प्रेस खरिद प्रकरणको ७० करोडमा गोकुल बास्कोटाले पद त्याग्नु परेको थियो । वर्तामन सरकारले बन्द भएका उद्योग संचालन गर्ने योजना बनायो । गोरखकाली टायर, विराटनगर जुट मिल, हेटौंडा कपडा, वुटवल धागो कारखाना पुनः सञ्चालन हुन्छ भन्ने कुरा बौद्धिक वर्गले पत्याएको छैन । किनकि सरकारसँग पैसा छैन । काम गरेका ठेकेदारले ८ अर्ब भुक्तानी पाउर्नै बाँकी छ । दलका नेताको भ्रष्ट चरित्र र नेता सहभागी लुटको छानविन नहुने परिपाटी गणतन्त्रमा झन् मौलाएको छ । लुटमा ठूला दलका नेता र मन्त्री नै सरिक छन् । पछिल्लो पटक सरकारबाट देशका ठूला अन्तर्राष्ट्रिय विमानस्थल निजी कम्पनीलाई नै सुम्पने निर्णय गरिँदैछ । विदेशी ऋण एडिबी र चिनको लगानीमा बनेका यी विमानस्थलहरूबाट हुने अन्तर्राष्ट्रिय उडान स्वीकृति भारतीय पक्षबाट मिलेको छैन । सरकारले भारतीय कम्पनीलाई नै विमानस्थल सुम्पनासाथ कम्युनिष्टहरूको देशभक्ति झल्कन्थ्यो । सत्तामा पुग्न भारतकै दाश बन्ने, मन्त्रीमा टिक्न भारतकै आडमा रमाउने चरित्र बढेर जानु देशभक्ति चरित्रमा ह्रास आउनु हो ।


सम्बन्धित समाचार