Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

माओवादीको पोष्टमार्टम गर्न बाँकी

काठमाडौं । परिवर्तनको बाहक ठान्ने माओवादीका लागि अब सत्ता छैन । १२१ स्थानीय तहमा उसका कार्यकर्ता प्रमुख, उपप्रमुख हँुदा सहयात्री दलको काम गर्दैन । फिल्ममा डोको बोके, लौरो टोकेको, कुटो कोदालो लिएको पात्रको हालत जस्तो छ । माओवादी त्यस्तै हुँदैछ । अब माओवादी पोष्टमार्टम गर्नु पर्ने लास जस्तै भएको छ । त्यसका कारण अध्यक्ष प्रचण्ड हुन् । रामेश्वर थापासँगै कृष्णज्वाला जस्ता पत्रकारिता गर्नेहरू बिचौलिया बन्दै गर्दा प्रचण्ड प्रम बन्दा जसरी कुम हल्लाए उनी पनि काँग्रेस र एमाले भन्दा फन्टुस भए । प्रचण्डले गर्लान् भन्नु र साँढेले दूध देला भनेर बाल्टी थाप्नु एकै भएको बेला माओवादीलाई बाह्र वर्ष कुकुरको पुच्छर ढुम्रोमा राख्यो बांगाको बांग्यै भने जस्तै भएको छ । नेकपा माओवादी सत्ता र पद गुमेपछिको हार गुहारले पदमा रहुञ्जेल आफ्नो पद जोगाउन उथल पुथल गरीरहने अध्यक्ष प्रचण्डको घोषणा पदबाट खुसकेको साता नबित्दै जनता खोज्नु पर्ने कार्यकर्ता गुहार्नु पर्ने अवस्थामा पुगेको छ । अब प्रचण्डबाट केही हुने वाला छैन । प्रचण्ड प्रम भएर १८ महिनाको त्यो अवधिमा कालो बजार र महंगीको नियन्त्रण गरे ? राजनीतिक नियुक्ति पद प्राप्तिमा काखापाखा कति गरे ? कति कार्यकर्ताले राहत पाए कतिलाई सम्मान तथा पुरस्कार दिलाए ? प्रचण्डका सल्लाहकार हरिबोल गजुरेलले गंगा र रमेश मल्लाको हर्कत सहन नसकेर राजीनामा दिए । त्यो सरकारको उपलब्धी त्यही हो । अहिले माओवादीभित्र कार्यकर्ताको खोजी हुँदैन । वर्गीय धरातल त्यागेर डलरको खेती पातिले रमाएका जातजाति, जनजातिमै मख्ख भएका माओवादीमा दलितको दलितप्रतिको चिन्तन भन्दा कम छैन । दलीत, ब्राम्ण, क्षेत्रीबाट हामी शोषणमा प¥यौ भन्छ । तर कामी, दमाई, सार्की, बादी जातिका बीचमा एकले अर्को जातिमाथि दमन भएको देख्दैनन् । मधेशमा डोम समुदायमाथिको अत्याचार चर्को छ । माओवादीमा प्रचण्ड इतर प्रति त्यस्तै छ । लोकतन्त्र, गणतन्त्र जे आए पनि जातजातिमाथि अत्याचार छ । माअ‍ोवादी नेतृत्वमाथि प्रश्न यो बेला उठेको छ । जुन बेला सत्ताबाट त्यो हटेको छ । प्रचण्डले एमालेका ओली भन्दा पनि पत्रु भए । माओवादीमाथि जनताले प्रश्न गर्छ, बारम्बार सत्तामा गयौं जनतालाई दियौ के ? कालो बजार र महंगी कति घटायौ । कहाँ कस्तालाई नियुक्त दियौ ? अध्यक्ष प्रचण्ड आफ्ना भन्दा पर जानै सकेनन् । राष्ट्रियभासमा अध्यक्ष नारायण दाहाललाई बनाइयो । जबकि उनको कार्यकाल ४ वर्ष मात्रै बाँकी छ । ६ वर्षका लागि पाइने त्यो पदमा अध्यक्ष प्रचण्डका परिवार चाहिएका कारण दुई वर्षको अवधि गुमाएको छ । अहिले माओवादीलाई जनता चाहिएको छ । सत्तामा हुँदा केही चाहिएन । सत्ताबाट हटेपछि प्रचण्डले हारगुहार गरे । दिनानाथ शर्मा जस्ता भ्रष्टलाई अगाडि राखेर जनताले माओवादी भनेर पछि लाग्ने दिन अब छैन । किनकि पार्टीलाई शुरुमा वर्गीय धरातलबाट गुमाउने काम तिनैले गरे जो डलरमा रमाए । अब तिनको जनतामा गणना हुँदैन । जुन विचार सिद्धान्त, दर्शनले धोका खायो । माओवादीका डा. बाबुराम भारतीय निर्देशनामा चले मोहन वैद्य, सुरेश आले, देव गुरुङ, सिपी गजुरेलले क्रिश्चियानिटीमा रमाएर पार्टी फुटाए । त्यही बोट सकियो त्यो पार्टी । उग्रताको पर्याय नेत्रविक्रम चन्द, खड्ग विक, धर्मेन्द्र बास्तोला, हेमन्त प्रकाश ओली, विघौं विघाको खेतमा मालिक भएका छन् । विचार त्यागेर लुट र कमाउ धन्दामा लागेका कारण माओवादी ओरालो लाग्यो । त्यो पार्टी उठाउन सत्ताबाट कु भएपछि बल्ल अध्यक्ष प्रचण्डलाई पार्टी, जनता र सहयोगीको खाँचो छ । उनले उथलपुथल गरिरहने बताउँदा आफैं जह्रो बिनाको बृक्ष बन्दै छन् । उनको पछि अब २ छोरी, ज्वाइँ लाग्छन् पार्टी बचाउँछन् ।


सम्बन्धित समाचार