Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
भाषण गर्न जति सजिलो छ व्यवहारमा उत्रन कठिन छ । सरकारको नेतृत्वमा पुगेकाहरूले बोल्छन् त्यो गर्ने भएको भए विवाद र आक्रोश बढ्ने थिएन । अहिले प्रधानमन्त्री केपी ओली आफू फतुर बनेका थुप्रै परिघटना छन् । बोल्ने गणतन्त्र व्यवहार निरंकुश ओली शैली र सिद्धान्त छ । एमाले जनहरू ओलीका दास बनेका छन् । ओली सरकार बनेदेखि देशको ऋण बढेको छ । प्रधानमन्त्रीकै साथ र सहयोगबाट माफिया, विचौलिया अर्थतन्त्रमा हावी छन् । जो राज्यका शिक्षा, स्वास्थ्य, रोजगारका विषयमा चिन्तित छैन । उसैले देशको शासन गर्दा देशको हालत कता गएको छ त्यो देखियो । प्रधानमन्त्री स्वास्थ्य, शिक्षा र रोजागरीको क्षेत्रमा गैर जिम्मेवार देखिए । अस्पतालका डाक्टर र सरकारी लगानीका स्कुलका शिक्षक, उद्योगका कामदारलाई खुशी बनाउने र तीनको ज्ञान, सीपबाट राज्यले प्राप्त गर्ने प्रतिष्ठाप्रति चासो छैन । स्वार्थसँग बाझिने व्यक्ति र समूह प्रधानमन्त्री पनि जोडिएका छन् । जनताको सरोकारको क्षेत्र अहिले लथालिंग छ । सुधारको छनक छैन । लिन सकिने फाइदा समेत राज्यले लिँदैन । नेकपा एमालेबाट शिक्षा र स्वास्थ्यमा सुधार गर्ला र जनताले सहयोग पाउलान् भन्ने नै छैन । नेकपा एमाले सबैतिर असफल भएको कारण पार्टी अध्यक्षको अहंकार र बेथितिप्रतिको अनदेखा नै हो । सहयात्रीलाई अत्यन्त पूर्वाग्रह राखेर पेल्ने ओली चरित्र छ । जोे दुष्ट छ उसको मानवता हुँदैन । राम्रो काम त विरोधीको पनि अनुशरण गरे हुन्छ । भ्रष्टाचार नियन्त्रणका विषय साझा हुन् । तर प्रम ओली हरेक ठाउँमा जोडिन्छन् । उनी आफैं हस्तक्षेपकारी छन् । उनले माफिया खुशी पार्न गरेका निर्णय देशघाती छन् । चाहे विद्युत महसुल र पार्टीलाई जग्गा दान होस् वा एनसेलको कर मिनाहा होस् । नीतिगत लुटमा लागेको सरकारले बेथिति हटाउन बलियो कानुन निर्माण गर्न सक्दैन । सरकार स्थानीय तहलाई सहज, सरल बनाउने पक्षमा छैन । पूर्वाग्रही बनेर जसरी सरकार प्रस्तुत भएकोछ त्यसले राष्ट्रको हित गर्दैन । सत्यता स्वीकार्न समेत नसक्ने शासकले निष्पक्ष बन्न सक्दैन भन्ने कुरा बुझ्ने विवेक भएका नेता नेकपा एमालेमा उदान सकेनन् । यसको कारण त्यहाँ हुर्किएको दास प्रथा हो ।
२०८१ फाल्गुन २८
ताजा नेपाल
२०८१ फाल्गुन २८
ताजा नेपाल
२०८१ फाल्गुन २८
ताजा नेपाल