Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रधानमन्त्रीले बोलाए उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाएका छन् । यो बैठक शुक्रबार अपरान्ह ५ बजे बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा पछिल्लो समय बढिरहेको राजावादी दल र समूहको गतिविधि, संविधान संशोधन तथा सदनमा प्रस्तुत गर्न लागिएका केही विद्येयकहरूबारे छलफल गर्ने तयारी छ । राजनीतिक संयन्त्रमा नेकपा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, महासचिव शंकर पोखरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल सहभागी हुनेछन् । यस्तै नेपाली कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री आरजु राणा देउवा छन् । तर परराष्ट्रमन्त्री राणा भने अहिले भारत भ्रमणमा छिन् । सरकारले गत पुस १४ गते र २१९ गते जारी गरेका ५ वटा अध्यादेश संसद्बाट पारित भइसकेका छन् । अब तिनलाई राष्ट्रपतिले प्रमाणीकरण गरेपछि राजपत्रमा प्रकाशित हुनेछन् । तर गत माघ गते राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेको भूमि संशोधनसम्बन्धी अध्यादेश भने अड्किएको छ । जनता समाजवाद पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी सकारात्मक नहुँदा उक्त अध्यादेश संसद्‍मा लगिएको छैन । अरू पाँचवटा अध्यादेश राष्ट्रिय सभा र प्रतिनिधि सभा दुवैबाट पारित भइसकेका छ्न । अड्किएको भूमिसम्बन्धी अध्यादेशबारे पनि यो संयन्त्रको बैठकमा छलफल गर्ने तयारी छ। संयन्त्रको निर्णयबाटै अन्य पाँच अध्यादेश पास भएको अवस्थामा भूमिसम्बन्धी पास गर्ने रणनीति दुई दलले बनाउँदैछन् ।