Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको जिउज्यान खतरामा रहेको भन्दै मानवअधिकार आयोगमा ज्ञापनपत्र बुझाइएको छ। पार्टीको तर्फबाट आज बुधबार प्रमुख सचेतक सन्तोष परियार, पार्टीका सहमहामन्त्री कवीन्द्र बुर्लाकोटी, सांसद गणेश पराजुलीसहितको टोलीले मानव अधिकार आयोगका अध्यक्षलाई भेटेर ध्यानार्षण पत्र बुझाएका हुन्। ज्ञापनपत्रमा रविलाई पक्राउ गर्दा पीडितको मानवअधिकार उल्लङ्घन भएको भन्दै जिउज्यान तथा मानवअधिकारको रक्षार्थ आवश्यक समन्वय गर्न भनिएको छ। बुर्लाकोटीका अनुसार पक्राउका लागि पुगेका प्रहरीको शैली र अभिव्यक्तिले रवि लामिछानेको जिउज्यान खतरामा रहेको देखिएकोले ध्यानाकर्षण पत्र बुझाउँदै आवश्यक कारबाही गर्न भनिएको छ। गत शुक्रबार उच्च अदालत तुलसीपुर, बुटवल इजलासले जिल्ला अदालत रुपन्देहीको आदेश बदर गरी लामिछानेलाई थुनामा पठाउने आदेश गरेको थियो। उनलाई शुक्रबार नै प्रहरीले निवासमा पुगेर पक्राउ गरेको थियो।
२०८२ बैशाख ६
ताजा नेपाल
२०८२ बैशाख ६
ताजा नेपाल
२०८२ बैशाख ५
ताजा नेपाल