Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । आफ्नै पार्टीमा नयाँ नेतृत्व चुन्न संगठित सदस्यहरुलाई जाँगर नचल्दा ५३ प्रतिशतको अनुपस्थितिलाई वैधानिक बनाउने ओली राज तै पनि चम्किँदै छ । पूर्वको ओखलढुंगा र धनकुटाले ओली पथलाई क्लिनस्वीप दिँदा ओलीकै भजन भण्डली निर्वाचन आयोगले पुनः मतदान गर्न निर्देशन दिँदा कुल सदस्य संख्याको ५३ प्रतिशतले निर्वाचनमा भाग नलिँदा पनि जति आए त्यहाँ ओली पक्षको सूचि हेरेर स्वीकार्न लाज मानेन । हिजो एमाले ८ लाख संगठित सदस्य भएको दाबी गर्दा पार्टी विभाजनका कारण ५ लाख ४५ हजारले नविकरण गरेको हल्ला गर्थे । अहिलेको अवस्थामा पनि १ लाख ६५ हजार नयाँ सदस्य थपिएको दाबी ठाउँ अनुसार नेताले गर्थे । ७७ जिल्ला, १६५ निर्वाचन क्षेत्र, आठ प्रदेश, ३२ विभाग, २४ जन संगठन गरी ६ लाख ७० हजारको प्रतिनिधि १६ सय ५० केन्द्रीय कार्यालय अनुशासन आयोग, लेखा आयोग निर्वाचन आयोग र मनोनित गर्दा २२ सय प्रतिनिधि भए पनि प्रतिनिधि छनोटमै ओलीपथ बहिष्कार गरेको मान्नुपर्छ ।
अति गर्नु, अत्याचार नगर्नु भन्छन् । ओलीको नेतृत्वकालमा २ चरण तानाशाहको शासकीय रवैया झल्कायो । उनलाई सघाउने परस्त्री प्रेमी गुण्डाको हैसियतले परिचित भ्रष्टाचारमा सहभागी तस्करीतन्त्रका हर्ताकर्ता भ्रष्ट र राजश्वमारा धेरै छन् । जहाँ महिला सुरक्षित छैनन् त्यहाँ पार्टीभित्रको समावेशी चरित्र पनि बलियो हुँदैन । जब पूर्व राष्ट्रपति विद्याको सदस्यता नविकरण स्थगित गरी आफूसँग प्रतिस्पर्धात्मक शैलीमा कोही नआउलान् भन्ने दम्ब ओलीले देखाए । त्यसै बेलाबाट ओली राजनीति गर्छन् कम्युनिष्ट हुन सकेनन् भन्ने थियो । अहिले विद्याको प्रतिष्ठा बचाउन ईश्वर पोखरले जसरी आए हिजो उपप्रम तथा रक्षामन्त्री बन्दा पनि विद्याकै कोटामा राज्यको नेतृत्व तहमा पु¥याइए । तर उनी भ्रष्टाचारमा लिप्त भएका कारण बदनाम छन् । एमालेमा चरित्रगत रुपमा पोखरेल र ओली जो अध्यक्ष भए पनि कार्यकर्ता पंक्तिमा फरक हुँदैन । किनकि यिनले मान्ने जनताको बहुदलीय जनवाद ०४९ सालमा जे थियो त्यो भन्दा दुर्गन्धित हुँदैछ ।
देश बहुदलीय शासनबाट लोकतन्त्र र गणतन्त्रमा प्रवेश गरेको १६÷१७ वर्ष भयो । एमाले ०४९ सालकै बाटोका छ । प्रगति गरेको दाबी गर्छ । उसको प्रगतिले नत जग बलियो भयो नत जनताको गरिबी हटाउन राज्य तहबाट निर्णय भए । केपी ओली ४ पटक मुलुकको प्रधानमन्त्री भए तर उनकै पार्टीले चुनावमा घोषणा गरेका बाचा पूरा गरेन । बरु देशको राजश्व बढेन, भ्रष्टाचारीमाथि कारबाही भएन । अदालत, प्रहरी, सशस्त्र प्रहरी, निजामती कर्मचारी कतै पनि बाँकी रहेन । दलीय कारणले ब्यूरोक्रेसी त बिग्रियो अदालत, कुटनीतिक क्षेत्र समेत पंगु भए । जनताको आवाज दबाउँदाको परिणाम सेनाको सहयोग बिना बालुवाटारबाट बाहिरिने अवस्था नहुँदा पनि लाज भएन । आफैं अध्यक्ष बन्न ५३ प्रतिशत कार्यकर्ता मतदानमा सहभागी नभए पनि ठिक ठान्ने ओली विवादित गुण्डाको नेता बन्न कुनै नीति र विधिले महाधिवेशनमा डुक्रलान् ? जनताको कुरा यिनमा पाच्य भएन । विचार, नीति र नेताले विश्वास गुमाएको कुरा जेनजी विद्रोहमा काँग्रेस, एमालेका लाखांै लाख कार्यकर्ताले आफैं नेता र निवास जोगाउन तत्पर नहुनु को कारणले समिक्षा पनि गरेका छैनन् । ओली शासनले भुई मान्छे चिन्दैन । स्थानीय तहमा कार्यकर्ताले नेतृत्वको विश्वास गरेन । शहरमुखी नेतृत्वले गाउँ क्षेत्रको समृद्धिमा ध्यान नदिँदा गाउँघर रित्तिदैछ । कम्युनिष्टहरु जनमुखी हुन्छन् । तिनका अगुवा कार्यकर्ता गाउँ केन्द्रीत हुन्छन् भन्ने विश्वास भएन ।
नेताका स्वार्थमा पार्टी प्रयोग हुने भएपछि महाधिवेशन जस्ता महत्वपूर्ण पर्वमा पनि नेता छान्नका लागि कार्यकर्ता तत्पर नभएको कुरा एमाले ५३ प्रतिशत कार्यकर्ता अन्तरपार्टी निर्वाचनमा सहभागी नहुनु हो । ओली प्रधानम्न्त्री भएर माफिया र तस्कर भ्रष्टाचारी, यौन लम्पटको स्वार्थमा काम गरे होलान् तर जनताको हितमा काम गरेको भए पार्टी प्रतिको भावना जागृत हुन्थ्यो । पुरानै अपच नेतृत्व यथास्थितिवादी धारणाबाट पार्टी चल्छ भने देशको प्रगति हुँदैन । गलत चिन्तन, गलत नेतृत्वको पछि लाग्न कार्यकर्ताले रुचि देखाएन । तर पनि ओलीलाई पार्टी अध्यक्ष बनेर जेनजी आन्दोलन दबाएको परिणामले पुनः सत्तामा पुग्ने उद्देश्य लिएर जनता जिस्क्याउँदैछन् ।
२०८२ फाल्गुन २४
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल