Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पाटन दरबार स्क्वायरमा चक्कु प्रहारबाट घाइते भएका दाजुभाइको मृत्यु

काठमाडौं । बुधबार साँझ ललितपुरको पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट घाइते भएका दाजुभाइको मृत्यु भएको छ । उनीहरुको बिएण्डबी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा झापाको कमल गाउँपालिका–६ घर भई हाल ललितपुरको इमाडोल बस्ने ३३ वर्षीय सुमित नेम्बाङ र २५ वर्षीय सृजन नेम्बाङ रहेका छन् । चैत २५ मा साँझ उनीहरूमाथि चक्कु प्रहार भएको थियो । दुईपक्षको बिचमा विवाद हुँदा चक्कु प्रहार भएको थियो । दुवै जनाको पेटमा गहिरो चोट लागेको थियो । अनुसन्धानका क्रममा खुलेको प्रारम्भिक जानकारीअनुसार आफूबाट गल्ती भएको भन्दै माफी माग्न र मिल्नका निम्ति सुमित–सिर्जन दाजुभाइ त्यहाँ पुगेका थिए । उनीहरु दुबै पक्ष एकआपसमा अपरिचित थिए । सुमित र सिर्जन बुबासहित ललितपुरको इमाडोलमा बस्थे । उनीहरुकी आमा लण्डनमा रहेकोले सुमित र सिर्जन पनि आमा भेट्न लन्डन जाने तयारीमा रहेको खुलेको छ । घटनाबारे जिल्ला प्रहरी परिसर ललितपुरले अनुसन्धान गरिरहेको छ ।