Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । कुरा जति नै क्रान्तिकारी र परिवर्तनको गरे पनि कम्युनिष्ट पार्टीमा पुस्तान्तरणको स्थिति देखिएन । पटक पटक सत्तामा गए पनि आफ्नै पार्टीको नीति र सिद्धान्त लत्याएर भ्रष्टाचारको भूमरीमा रमाएका एमाले र माओवादीमा मात्र होइन अधुरो क्रान्ति पूरा गर्ने नाउमा जनतालाई आतंकित बनाउँदै धन संकलन गरेको नेकपा चन्द पनि उस्तै रह्यो । आफ्नै सुस्तता उमेरका कारण सक्रिय हुन नसके पनि पार्टी कमाण्ड नछाडेका मोहनविक्रम सिंहको हालत त्यही छ । नेकपाको एकता महाधिवेशन भएको छैन । एमालेको ओलीपथलाई देखाउन पनि व्यक्ति व्यक्ति बटुलेर दलीय रूपमा १७ व्यक्तिहरूको झुण्ड भिœयाउँदा पनि मतदातामा प्रभाव नपरेपछि नेकपाले कति समिक्षा ग¥यो ? एमालेको समिक्षा त संसदीय दलको नेता रामबहादुर थापा बादलको भाषणले देखायो । एमाले पुस्तान्तरणको पक्षमा छैन । ओलीपथ जनताबाट अस्वीकृत भएको छ । बहुमतका साथ सरकार बनाउने ओली प्रम, महेश बस्नेत गृहमन्त्री हुने घोषणा नै गरेका थिए । सत्तामा हुँदा जनहितमा सिन्को नभाँच्ने, माफिया र तस्करको सेवा गरेका केपी ओलीको नेतृत्व असफल सिद्ध भएको प्रमाणित हुँदा समेत वास्ता गरिएको छैन । स्वर उनकै चर्को छ । काँग्रेस जरा अभियानमा जुटेको छ । ७७ जिल्लामा कार्यकर्तासँग सम्बन्ध जोडेको काँग्रेसले १५औं महाधिवेशन तयारी गरिसकेको छ । देउवा समूहको थेच्चर शैलीका कारण युवाहरूले विधानको महािधवेशनमा थन्कनेछन् । काँग्रेसभित्रको लडाइँ अदालती फैसलासँग जोडिन्छ । जहाँ शेरबहादुर देउवा र केपी ओलीले छानेका काँग्रेस र एमालेका न्यायाधीश थिए । तिनले ओली र देउवाको स्वार्थमाफैसला दिन्छन् भन्ने झिनो आशा छ । किनकि ओली र लेखक अपराध गरेर छुटेका छन् । ओली र देउवाको संसद पुनस्र्थापनाको मुद्दाको फैसला आएको छैन । चुनाव भयो, ओलीलाई झापाली जनताले सम्मानपूर्वक हराए । सरकारले कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्दा ओली प्रहरीको नियन्त्रणमा पर्दा मुटु कलेजोले काम गरेन । उपचाका लागि अस्पतालमा पुगे । ठालुको हैसियत देखियो । अदालत तिनैका थिए, छुटेका छन् । ओलीका संरक्षणमा राजश्व लुट्ने शंकर ग्रुपका साहुजी थन्कँदैछन् । हिजो रवि लामिछानेलाई ८४ दिन ठाउँ सारेर थुन्ने ओली नै थिए । शहरमा काँग्रेस, एमालेको गुण्डाहरू पक्राउ परेका छन् । मालपोत कार्यालय, यातयाात कार्यालय, नापी, जिल्ला प्रशासन र प्रहरी कार्यालयका बिचौलियाहरू थन्केका छन् । स्थिति सुधार्न नचाहने कम्युनिष्ट र काँग्रेसहरूको भण्डाफोर भएको छ । यिनले चलाएको पूर्वाग्रही शासन भत्कँदा ओली र लेखक छुटेका छन् । जनताले नरुचाए पनि चुनाव हारेर पनि पद र कुुर्सीमा लिप्त बन्दा कम्युनिष्टहरूले संसदीय दलमा कस्ता नेता बनाए त्यो हेर्दा हुन्छ । नेकपामा प्रचण्ड नै संसदीय दलको नेता छन् । उनले १७ जना संसदको नेता बन्न जरुरी थिएन । त्यहाँ वर्षमान थिए, महेन्द्रबहादुर शाही थिए, युवराज दुलाल पनि थिए । तर प्रचण्ड नै सबैका संरक्षक बने । पुरान नेतामा काँग्रेसका अर्जुन नरसिंह केसी र प्रचण्ड नै सबैसँग एकाकार बन्न सक्ने अवस्था छ । कम्युनिष्टहरूले बिगारेको त्यो व्यवस्थामा देशमा रोजगारी बढाउनेतर्फ ध्यान दिइएन । युवाहरूलाई खाडी पठाएर तिनको रेमिट्यान्सबाट देशको आम्दानी बढेको गर्व गर्नेले उद्योग चलाउन, बेरोजगारी बढाउन ध्यान दिएनन् । काँग्रेसले जनताको दैनिकी हेर्दैन । त्यो पार्टी खेतान, गोल्छा, चौधरी, अग्रवालहरूको हितमा काम गर्छ भन्दै गर्दा एमालेका अध्यक्ष केपी ओली दीपक भट्ट, दीपक मलहोत्रा, मीनबहादुर गुरुङ जस्ताको सेवक भएको स्पष्ट देखियो । प्रचण्डसँग जोडिएका शारदा अधिकारी र अजय सुमार्गीमाथि छानविन हुन सक्छ ।
२०८३ बैशाख १०
ताजा नेपाल
२०८३ बैशाख १०
ताजा नेपाल
२०८३ बैशाख १०
ताजा नेपाल