Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

हतारमा निर्णय, फुर्सदमा पछुतो

दुई तिहाईको दम्ब देखिँदैछ । हतारमा निर्णय गर्ने र फुर्सदमा पछुताउने प्रवृत्ति यस पटक पनि देखियो । आफू कतै सार्वजनिक नहुने निर्णय प्रभावकारी गर्ने प्रमले जनतालाई अत्याउने गरेका छन् । प्रधानमन्त्री बालेन्द्र शाहलाई रास्वपा नाउको पार्टी जरुरी छैन । किनकि संसदीय दलको नेता संसदप्रति उत्तरदायि नहुँदा समस्या आउँछन् । उनी बैठकमा जाँदैनन् । रास्वपाले कुनै पूर्व तयारी बिना सुकुम्बासी वस्ती खाली गरायो । नक्कलीहरू बाटो लागे, सक्कली सरकारको होल्डिङ सेन्टरमा पुगेका छन् । तीनको जीवन ध्वस्त छ । सरकारको पूर्व तयारी विना शुरु भएको यो डोजर आतंकका कारक नै पुराना दल हुन् । जसले सरकार बन्नासाथ पार्टी कार्यकर्तालाई जागिर दिलाउन र राज्यश्रोत दोहन गर्न सुकुम्बासी आयोग, अव्यवस्थित बसोबास समस्या समाधान आयोग, भूमि आयोग जे नाम दिएपनि समस्याको निराकरण गरेनन् । यो काममा एमाले अब्बल थियो । एमाले नेताले जग्गा लिए घर ठड्याए । त्यही बेचेर राजधानी छिरे, मन्त्री भए, देश लुटेकै छन् । एमालेकै धेरै त्यस्ता छन् । तर सज्जन पनि छन् । गौथलीका गुडवाला त थन्किएका छन् । प्रधानमन्त्री बालेन्द्रको निर्णय कठोर हुने गर्छ । भत्काउन सजिलो छ, निर्माण प्रक्रियामा समय लाग्छ । तर पूर्व तयारी विनाको डोजर आतंकले देशभर आतंक छ । ठूला शहरमा बढी अव्यवस्थित छ । जबकि देशको राजधानीमै त्यस्ता अव्यवस्थित र सोघरवासीको जमात ठूलो छ ।

लडाइँ निम्त्याउँदै प्रम
डोजर काण्डमा महानगरसँग समन्वय नगरी उपत्यका नगर विकास प्राधिकरणमा रजाइँ गरेका भ्रष्टाचारी भाइकाजी तिवारीको मनपरीले धेरै वस्तीमा सार्वजनिक जमिन कब्जा गर्ने बढेका हुन् । टोखा रोडको ग्राण्डी अस्पतालको स्वार्थमा समाखुसी टोखा रोडका दायाँ बायाँ हजार भन्दा बढी घर भत्काउने योजना पनि असफल भयो । तर माफिया दिपक कुँवरले ग्राण्डी अस्पताल र भिल्लामा खोला किनारको जमिन कब्जा गरेको स्पष्ट हुँदा पनि सरकारको नजर परेन । बालेनको डोजर त्यहाँ जाँदैन । कुँवर एमाले नेता ईश्वर पोखरेललाई आफ्नो कोलेनीमा भिœयाएर राज्य तहका निर्णयमा प्रभाव पार्ने शक्तिशाली हुन् । धापासी गाविस हुँदा उनले धेरे जमिन कब्जा गरेका थिए । जनजिविकातर्फ ध्यान नदिएको बालेन सरकारले ओलीकै पदचिन्ह पछ्याएको छ । संवैधानिक परिषद्मा छ जना सदस्य रहने व्यवस्था छ । तर आफ्नो स्वार्थको काम लिन ६ सदस्य टिमबाट ३ जनालाई गणपुरक संख्या बनाउने ऐनले दिउँसै रात पारेको छ । विश्वको लोकतन्त्रका यस्तो छैन । जागिरे राजनीतिक नियुक्तिभित्र नैतिकता थिएन । त्यो नैतिकता काँग्रेस, एमालेले माओवादीका मन्त्री भएका संस्थान, समितिमा बसेर रजाई गरे । तर पद त्यागेनन् । माओवादीलाई टेरेनन् । अदालतको पासो थापेर आफ्ना कार्यकर्तालाई जागिर दिलाउने विकृतिमाथि एकाएक प्रहार गर्न छोडेनन् । उनीहरू ठालु नै हुन् आज बालेन सरकारको कठोरताले सबै थर्किएका छन् । दुई तिहाईको विकृतिमाथि आजको उन्मुलनलाई जनताले गम्भीर रूपमा लिएको कारण लडाइँ अब झन् हुन्छ ।

बाध्यताको शिकार पौडेल
जागिर छ, राष्ट्रपतिको । मरणोपरान्तसम्म तलब भत्ता र सरकारी सेवा सुविधाको भिड पाउने भएकाले नै रामचन्द्र पौडेलले ट्रेड युनियन ऐन च्याते, पेशागत संघ संगठन दलीय करण हुन नपाउने कानुन च्याते । सरकारले पठाएका सिफारिश स्वीकार्नै पर्ने बाध्यता देखाएर आफ्नो स्वार्थ पूरा गर्ने ठाउँ हुँदा रामचन्द्रले पनि द्वन्द्वमा जान नचाहेका हुन् । सरकारले पठाएको पत्र स्वीकृत नगर्दा महाअभियोग लगाउने धम्की पनि ट्रायल भयो । त्यो अपराध होइन पूर्वग्रही दण्ड हो । महाअभियोगले सत्ताबाट हटेपछि फुटपाथे बन्न बाध्य पाथ्र्यो । पौडेललाई फुटपाथे बन्नु थिएन । डा. रामवरण यादवले दशैंका बेला चुल्हो बलेन भन्दै एकै लटमा रु ३५ लाख लिएको आफ्नो घर भएर पनि सरकारलाई घर भाडा तिराएर सुविधायुक्त स्थानमा बसेका पौडेलले देखेकै छन् । हिजो भूपु भिआईपीहरूले लिएको गाडी, प्रहरी, सुरक्षा जस्ता सुविधा औषधि खर्च आज सबै खोसियो । विरामी हुँदा देशबाट झण्डै १९ करोड चुना लगाउने कमाउनिष्ट केपी ओलीहरूलाई अब त्यस्तो रजाइँ हुने छैन । अब तिनका दिन गए । रामचन्द्र गृह, कृषि, स्थानीय विकास, सभामुख, शान्ति मन्त्री हुँदा कस्तो शासक भए सबै देखियो । अबका दिनमा उनले पाउने सेवा सुविधा भनेको मासिक ५० हजार (घर नभए घर भाडा) उनको बोहोराटारमा झण्डै डेढ रोपनीमा हवेली छ । बेलायतमा छोराको घर छ । दमौलीको अमरवस्तीमा पार्टी नेता अमरराज कैनीले दिएको जग्गामा कार्यकर्ताले बनाएको घर छ ।

व्यवहारमा लुच्चो र धुर्त
किताव बेचेर खेत किनेको पैसा तिर्छु भनेर वंशीय भाइसँग उधारोमा पास गरेको खेत पनि छ । त्यसको पैसा उनले तिरेनन् । किनकि काँग्रेस, एमालेले पैसा तिर्नु पर्दैन । उनीहरूका लागि अरुले दुःख गर्नुपर्छ । जायजेथा सित्तैमा दिनुपर्छ । पौडेल पत्नी हात्ती छाप चप्पल पड्काउँदै दमौली शत्रसय बाहुन पोखरा गरेको देख्ने तनहुँका जनताले रामचन्द्रलाई आदर्श मान्दैनन् । उनलाई काँग्रेसमा पनि गनिँदैनथ्यो । चाकडीकै भरमा रामचन्द्र रामचन्द्र भएका हुन् । तीनकी पत्नीलाई खेत किन्दा पैसा नतिरेको थाहा छ । त्यो जमानाको ४५ हजार नतिर्नेले लुच्चा चत्रिरले आफ्नो कार्यकालमा कास्की दिएकी छोरीलाई तनहुँबाट संसद बनाउने दाउमा छन् । जबकि पौडेल पुत्री न पुत्र पार्टीको कुनै संगठनमा आवद्ध थिएनन् र छैनन् । पार्टीप्रति पौडेल बफादार थिए भने उनले राखेका प्रेस सल्लाहकार, राजनीतिक सल्लाहकार र प्रेस संयोजक, कानुनी सल्लाहकार तनहुँकै त्यही पेशाकाहरूलाई राख्थे । तर उनले को राखे, गृहमन्त्री हुँदा कसलाई च्यापे दैनिक १ लाख आसचपु कस्तालाई बाँडे, त्यो त छर्लङ्ग छ । राष्ट्रपति रामचन्द्र पौडेलबाट यो देशको व्यवस्था बच्दैन, संरक्षण पनि हुँदैन । नुनको सोझो उनले गर्छन् । रास्वपा अमेरिकी फेडेरेल समूहको शक्ति हो । स्वार्थमा जे ल्याउँछ त्यो रामचन्द्रले स्वीकार्छन् जनताको अपेक्षा पूरा हुनु सपना मात्र हो ।


सम्बन्धित समाचार

दुर्गा प्रसाईँमाथि साइबर क्राइम

२०८३ जेष्ठ ६

ताजा नेपाल

सत्ताबाट अघाएकालाई के पुगेन

२०८३ जेष्ठ ६

ताजा नेपाल