Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

निरंकुशतन्त्रको भेलमा सबै चुर्लुम्म

काठमाडौं । प्रतिपक्षमा काँग्रेस, सत्तामा नयाँ पुस्ता तर संसद अवरुद्ध छ, राष्ट्रियसभाले समेत तल्लो सदनले पारित गरेर पठाएको वित्तीय अनुशासन सम्बन्धी विधेयक स्वीकार गरेन । यो स्थिति भनेको नेपाल सुधार्न दलहरू चाहँदैदन् भन्ने हो । दलका सांसद झोले भए । जसले देश र जनताको तत्कालिन आवश्यकतालाई चासो दिएनन् । राष्ट्रियसभाबाट वित्तीय विधेयक स्वीकृत हुनु पथ्र्यो । कानुन बनाउने ठाउँमा पुगेका हिजोका पुरानाले नयाँलाई टेरेनन् । नयाँले संविधान र कानुनको ख्याल गरेनन् । देशमा ठूल्ठूला भ्रष्टाचारका काण्ड छन् । त्यहाँ नेताकै नाउँ जोडिएको छ । संसदीय समितिको अनुन्धान पनि बेपत्ता भएको छ । गणतन्त्रलाई जनताको पक्षमा प्रयोग गर्न नदिने एमाले अध्यक्ष केपी ओली हुन् । उनले पार्टीमा हुकुमी शासन चलाउँदा थपडी मार्ने दलालहरूलाई आज एमालेको हालतले छोएको छैन । आजको पुस्ता भ्रष्टाचार र यौन लम्पटको घेराबन्दीमा छ । ओली आफैं कति पानीमा छन् उनले आफैं चरित्र कति सुधार्छन् र सुधारेका छन् त्यसतर्फ समिक्षा हुँदैन । किनकि पदका लागि लम्पसार पर्नेले ओलीका गलत प्रवृत्तिको खानतलासी गर्दैन । ओलीलाई हिजो जसले त्यो स्थानमा पु¥याए आज तिनैले ओलीको संगत छाडेका छन् । नेपालको कम्युनिष्ट आन्दोलन त्यसै पनि ध्वस्त भयो । किनकि प्रचण्ड र माधवले बचाएर बच्दैन । पार्टी एकता भए पनि लुटाहा र भ्रष्टले लिएको नेतृत्व प्रति जनमत हुँदैन । जब संसद अवरुद्ध हुन्छ त्यो बेला जन आवाज कुल्चिन्छ । भ्रष्टाचारीलाई कारबाही गर्न नदिने लोकतन्त्रको खोजी जनताले खोजेकै होइन । संसदको आन्दोलन एमालेले ५७ दिन चलायो, त्यो बेला लाउडा भाडा प्रकरण थियो । लाउडा प्रकरणकी नायिका सुजाता थिइन् । उनका पिताले त्यो प्रकरण पेल्न खोज्दा ५७ दिन संसद अवरुद्ध हुँदा सिताराम कोइरालाहरू प्रेस युनियनका हर्ताकर्ता थिए । भ्रष्टाचारी उपर कारबाहीको डण्डा बर्साउन खोज्दा १६ दिन आन्दोलन भयो । त्यसको नायक एमाले नै थियो । आज पनि भ्रष्टाचार बेथितिको अन्त्यको कुरा छ । तर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले नै यो बेथितिका संरक्षक छन् । रास्वपा जस्तो युवा पुस्ताको पार्टीका सांसद र मन्त्रीहरूको चाल देखियो । सरकारका प्रधानमन्त्रीले जनताको आवश्यकताको महत्व दिँदैनन् । जनताप्रतिको उत्तरदायित्व स्मरण गरेको भए प्रधानमन्त्री यस्तो उग्र बन्नु पर्दैन । किनकि ग्रेडर नेपालको नक्सा कार्यालयमा राखेर अग्राधिकार लिए जस्तो सिंहदरबारको कुर्सीमा बस्न हुँदैन ।
जहाँ द्वन्द्व हुन्छ त्यहाँ संवाद जरुरी हुन्छ । संवाद बिनाको राष्ट्रिय समस्यालाई सम्बोधन गर्न सकिँदैन । संसदको दुई तिहाइको दम्बले त्यो धान्दैन । केपी ओलीले चलाएको त्यो अहंकारले धेरै संकट ल्यायो । आजको संसदीय संरचनाको मुल दोषी एमाले हो । जसले पद र कुर्सीका लागि विचार, सिद्धान्त, त्याग र योगदानको ख्याल गरेन । अब पनि एमालेको चाल त्यही हो । किनकि त्यहाँ तिनको दादागिरी छ, जसले महिला कार्यकर्तामाथि शोषण गरेको छ । अरुलाई अधिकारका कुरा गर्नेहरू एमालेबाट न्यायाधिश बन्छन् । राष्ट्रिय महिला आयोगका प्रमुख हुन्छन् । केपी ओलीका साँढेहरूले जसलाई जति डसे पनि हुने बा बादको कारण यस्तो भएको हो । जनताको भावना अनुसार अब प्रधानन्त्री चल्दैनन, संसदको गरिमा प्रधानमन्त्रीले बचाउँदैन भने तन्त्र जे भए पनि निरंकुश हुन्छ । दुई तिहाई सत्ता सञ्चालनको जोक होइन । सरकारले जनताको हितमा कति ग¥यो र गर्न सक्छ भन्ने हो । रास्वपा सभापति रवि लामिछानेले समेत संवाद चलाए । त्यो संवाद दलको नेताको रूपमा थियो । संसदीय दलको नेता दम्ब र अहंकारको धनी बालेन्द्र शाह छन्, जसले नेपाल भारतबीचको ऐतिहासिक सम्बन्धमाथि प्रहार गरेका छन् । तथ्य र प्रमाणका आधारमा बोल्थे भने प्रम बालेन्द्रको कुरा संसदले पचाउँथ्यो । काँग्रेस, एमाले, माओवादीले पचाउँथे । यहाँ काँग्रेसले बालेन्द्र जस्ता अराजकसँग साइनो जोड्दैछ । माओवादीले यो सत्यका बारेमा बुझ्दैनन । तर एमाले राष्ट्रघाती महाकालीको हकदार हो । उसले पैसा खोज्छ ।