Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

विद्यालाई साक्षी राखेर अस्तित्व बचाउने प्रयास

काठमाडौं । अजय सुमार्गी, दिपक भट्ट, सुलभ अग्रवाल, दीपक मलहोत्रा जस्ता माफिया र मुलुक ध्वस्त पार्ने विध्वंशकारी कोराना कवज बन्दै गर्दा केपी ओली र प्रचण्डले आफू सधैं महाराज बन्ने सोचेका थिए । जसले पार्टी नीति, सिद्धान्त, दर्शन सिध्याए । परिवारवाद र गुटवादको रक्षा यिनको मुल धर्म थियो । नेपाली कम्युनिष्ट आन्दोलनका यी नकचराहरूमध्ये पार्टीमा प्रचण्ड आलोचना सहने र केपी नसहने हुन् । केपी ओली नाउको नकचरो लुटाहा आफू बाहेक अरु रुचाउँदैनन् । उसकै हनुमान भएर विष्णु पौडेलको प्रगतिले देश जुरुक्कै जोगेको बेला पौडेल खोरमा पुगे । ओलीको पद धरापमा थियो । मदन भण्डारी फाउन्डेशनको नाउँमा ओलकिो लुट चम्केकै हो । आज त्यहाँ विद्या भण्डारी पुत्री सर्वेसर्वा भइन् । ओलीले फाउन्डेशनसँग पार्टी सम्बन्ध तोड्ने धम्की पनि दिएकै हुन् । विद्या र ओलीको चरित्र र चिन्तनमा फरक छैन । माओवादीका बारेमा यिनको दृष्टिकोण बनाइदिने नेपालको कम्युनिष्ट आनदोलनको विश्लेषण गर्ने अमेरिकी सिआइएको डलर खाने नेकपा इन्सेक, एडभोकेसी फोरम हुन् । यिनले एमाले इतरका राजनीतकि दलका बारेमा गर्ने व्याख्या नेकपा एमाले पार्टीको दृष्टिकोण हो । माओवादीलाई तड्पाउने नेकपा इन्सेक र त्यसका हर्ताकर्ता हुन् । प्रचण्डलाई युरोपेली युनियनको डलर खानेले कमजोर बनाए । सुरेश आले, पम्फा भुसाल, देव गुरुङ त्यही छन् । उपाय नलागेपछि सत्ता स्वार्थमा नांगै भएपछि केपी ओली र प्रचण्डको बाँदर र विच्छिको व्यवहार र सुमधुर हुँदैछ । तर यी दुवै पार्टी नेतृत्वका लागि असहज पात्र हुन् । जसले शासक हुँदा गुट र परिवारवाद भन्दा अन्यत्र सोचेनन् । ओलीको लुटले देशमा वामपन्थीको हालत कता गयो, जेनजी आन्दोलनको कत्लेआम र विध्वंशबाट बच्न ओलीलाई सहारा चाहियो । पार्टीमा उनकै विकल्प खोजियो । ओलीले सदस्यता होल्ड गर्दा विद्या भण्डारी, मदन भण्डारी फाउन्डेशनबाट सक्रिय हुँदा घोप्टीनु पर्ने भयो ।
कम्युनिष्ट भन्ने आफैं कमाईमा लाग्ने नेता धेरै हुँदा नेपाली कम्युनिष्ट आन्दोलन धरासायी भएको हो । स्व. मनमोहन अधिकारी प्रम भएका बेला ल्याएको नीति र कार्यक्रम पछिका प्रमहरू माधव नेपाल, झलनाथ खनाल, एमाले नै हुन् । तनीनलाई केपी ओलीले सघाएनन् । ओलीको दुष्ट्याइँले देशको कम्युनष्टि आन्दोलन सकियो । आफू चुनाव हारे पनि पार्टीमा गुटगत आतंक चम्काएर ओलीले पार्टीले पठाएका प्रमहरूलाई जनताको हितमा काम गर्न नदिँदा सघाउने गोकुल बास्कोटा, शंकर पोखरेल, खगराज अधिकारी त्यो बेला छुद्रै थिए । शोभा पाठकले खेदेपछि चर्चित महेश बस्नेतको धरातल खस्कियो । ओलीकै आरक्षणमा बालिका खड्काका डसाहा शेरधन राई, कर्ण मल्ल, ऐन महरहरू जति जागे पनि अबका दिनमा एमालेभित्र यौन पीडित कार्यकर्ताको विद्रोह चम्कने अवस्था छ । जब केपीको शक्ति क्षिण हुन्छ त्यो बेला उनका यी छौडा र डेढुहरूको दिन सकिन्छ ।
कम्युनिष्ट पार्टीको सत्ता हुँदा जनता भन्दा बिचौलियाको काममा बढी जोड दिने यि कम्युनिष्ट नांगै छन् । विष्णु पौडेलको बहादुरी चर्को छ । नाराले मात्रै जनता आकर्षित हुन्न । नेतृत्वले कार्यक्रम बदल्न सक्नुपर्छ । कम्युनिष्टले कतै पनि रोजगारी सिर्जनाका काम गरेनन् । भएका रोजगारीका स्थल सरकारी उद्योगहरू काँग्रेसले बेच्दा र बन्द गर्दा एमालेले कति खायो त्यहाँ ओलीको भागमा कति प¥यो । आज गुण्डु दरबार बन्दैछ । आयश्रोत के हो ? जोगी हुन राजनीति गरिँदैन भन्ने उनै ओलीले महाकाली सन्धिको राष्ट्रघातमा स्व. मनमोहन अधिकारीको भट दिन लगाएका लठैत देवराज घिमिरेले आफ्नो हैसियत सभामुख हुँदा देखाए । जसले जे रोप्छ त्यसले पाउने फल त्यही हो । एमालेका ओलीले चार पटक प्रम बन्दा देशको विकासमा हामीले छलाङ मा¥यो भन्नु र सुंगरले स्वर्गमा आची खान पाइन्छ कि पाइँदैन भन्नु एकै हो । चार पटक प्रम बन्दा ओलीले ती सहयात्री माधव, झलनाथलाई लत्याए नेकपा हुँदा गणतन्त्रका हिस्सेदार सत्ताको भोका प्रचण्डलाई थाङ्नामा सुताएकै हुन् । साथी उनैलाई चाहिएको हो । ओलीको संरक्षकहरू विष्णु पौडेल देशका नम्बर वान भ्रष्ट भए । ओली भन्दा यी ठूला भए । ललिता निवास काण्ड पतञ्जली जग्गा काण्डमा माधव नेपाललाई फसाउने मात्र होइन केबुलकार काण्डमा समेत उनका ज्वाइँ विष्णु रिजाल र उनले पैसा खाए । केबुलकार काण्ड चर्कदै छ । त्यसले ओगटेको जमिन सरकारी जंगल हो । जहाँ जंगल त्यहाँ एमालेको मंगल भनेको यही हो । कम्युनिष्टका नाउमा डा. बाबुरामले २२ महिना शासन गरे । दिनानाथ शर्माले शिक्षामा लुट्नसम्म लुटे । देवेन्द्र पौडेल सल्लाहकार थिए । जनयुद्धको सुन पचाएका यीनकी श्रीमतीले बुद्धिजीवी संगठनको सदस्य वितरणमा पनि लुटिन भने देवेन्द्रले कति कुम्ल्याए, किनकि यी शिक्षामन्त्री बन्दा दिनानाथकै सिको गरे । माओवादीले शिक्षामा कुनै पनि परिवर्तन गरेन । किनकि पैसा ठूलो हुँदा नै माओवादीले वर्गियता लत्याउँदा स्वार्थगत चरित्र हावी भएकोले संगठन खस्कीयो । आज एमालेका भ्रष्ट समूह केपी गुट र माओवादीको खन्चुवा समूह प्रचण्ड गुटबीचमा पार्टी एकताको सुगा रटाई चर्कदैछ । यी दुई नेपालको कम्युनिष्ट आन्दोलनका घातक पात्र हुन् ।


सम्बन्धित समाचार

प्रचण्डलाई सुताउने थाङ्नो तयार

२०८३ श्रावण ६

ताजा नेपाल

विपक्षी कमजोर बन्दा जनआवाज दब्यो

२०८३ श्रावण ६

ताजा नेपाल