Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पाँच करोड ८० लाख ठगीगर्ने ठग पक्राउ

काठमाडौँ, केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले कृषि फार्म सञ्चालनका लागि सरकारबाट सहुलियत अनुदान मिलाइदिने भन्दै रु। पाँच करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ परेका छन् ।

ललितपुर महानगरपालिका–१४ नखिपोटका ६० वर्षीय नारायण खनाल र काठमाडौँ महानगरपालिका–१४ ताहाचलका ५२ वर्षीय श्रीकृष्ण महर्जनलाई ब्यूरोले पक्राउ गरेको हो ।

सिआइबीको टोलीले जालिम सिंह महतोको जाहेरीका आधारमा उनीहरुलाई पक्राउ गरेको हो । ब्यूरोका प्रहरी उपरीषक योगेन्द्रकुमार खड्काले विभिन्न मन्त्रालयका कर्मचारीसँग राम्रो चिनजान भएको भन्दै उनीहरुले कृषि फार्मका लागि सहुलियत अनुदान मिलाइदिने भन्दै पटक–पटक गरी उक्त रकम ठगी गरेको जानकारी दिए ।