Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
इलाम । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारको माग राख्दै २५औँ सत्याग्रहमा बसेका प्रा. डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रिएपछि अस्पताल भर्ना गरिएको छ।
अनशनको तेस्रो दिन स्वास्थ्यमा समस्या देखिएपछि उनलाई केहीबेरअघि इलाम अस्पताल पुर्याइएको हो। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अमिताभ ठाकुरको नेतृत्वमा गएको टोलीले डा. केसीलाई अस्पताल भर्ना गरेको हो।
सरकारले आफ्ना माग सम्बोधन गर्न चासो नदेखाएको भन्दै डा. केसीले गत बिहीबारदेखि इलामस्थित नारायण मन्दिरमा सत्याग्रह सुरु गरेका थिए। चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्र सुधारका विषयमा सरकार उदासीन बनेपछि सत्याग्रहमा बस्न बाध्य भएको उनको भनाइ छ।
सत्याग्रहका क्रममा डा. केसीले चिकित्सा शिक्षालाई व्यापारिक स्वार्थको माध्यम बनाउन नहुनेमा जोड दिएका छन्। चिकित्सा शिक्षा नागरिकको स्वास्थ्य र जीवनसँग प्रत्यक्ष जोडिएको सेवामूलक क्षेत्र भएकाले यसको गुणस्तर, निष्पक्ष नियमन तथा सार्वजनिक स्वास्थ्य संस्थाको प्रभावकारी सञ्चालनमा कुनै सम्झौता गर्न नहुने उनको माग छ।
२०८३ कार्तिक १६
ताजा नेपाल
२०८३ कार्तिक १६
ताजा नेपाल
२०८३ कार्तिक १६
ताजा नेपाल