Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
गोरखा । गोरखाको धार्चे गाउँपालिका–१ स्थित ठाडो भर्याङको जंगल क्षेत्रमा भीषण सुक्खा पहिरो खसेको छ। यारू पुल नजिकैको बगर क्षेत्रमा गएको पहिरोका कारण ढुंगा तथा माटो बगेर बूढीगण्डकी नदीमा पुगेको छ।
गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रकाश शर्माका अनुसार पहिरोबाट कुनै मानवीय तथा भौतिक क्षति भएको छैन। घटनाबारे जानकारी प्राप्त भएपछि प्रहरी टोलीलाई घटनास्थलमा पठाइएको उनले बताए।
पहिरोका कारण बूढीगण्डकी नदीमा ढुंगा तथा माटो थुप्रिए पनि नदीको बहाव अवरुद्ध हुने अवस्था नरहेको धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिए।
पहिरो गएको क्षेत्रको अवस्थाबारे थप जानकारी लिन प्रहरी टोली घटनास्थलमा पुगेको छ।
२०८३ कार्तिक २९
ताजा नेपाल
२०८३ कार्तिक २९
ताजा नेपाल
२०८३ कार्तिक २९
ताजा नेपाल