Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
जनकपुरधाम । धनुषामा छठघाटमा पूजा सामग्री कुरेर बसेका एक वृद्ध शंकास्पद अवस्थामा मृत फेला परेका छन्।
शहीदनगर नगरपालिका–२ निवासी ६० वर्षीय मनेजर भन्ने रामजतन यादव गए राति छठघाटमा मृत अवस्थामा फेला परेका हुन्।
धनुषाका प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार मतौना गाउँको पूर्वतर्फ निर्माण गरिएको शिव मन्दिरको प्राङ्गणस्थित छठघाटमा यादव एक्लै पूजा सामग्री कुरेर बसेका थिए।
उनको मृत्यु शंकास्पद देखिएको प्रहरीले जनाएको छ। यादवको गालामा चोटको निशान र रगतसमेत देखिएको डीएसपी खनालले जानकारी दिए।
घटनाबारे जानकारी पाएपछि प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ। मृत्युको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
२०८३ मंसिर १
ताजा नेपाल
२०८३ मंसिर १
ताजा नेपाल
२०८३ मंसिर १
ताजा नेपाल