Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहबीच पाँच घण्टा लामो भेटवार्ता भएको छ। लामिछानेको बूढानीलकण्ठस्थित निवासमा भएको भेटमा समसामयिक राजनीतिक अवस्था, सरकारको कार्यसम्पादन र आगामी निर्वाचनको तयारीलगायत विषयमा छलफल भएको हो।
भेटका क्रममा प्रधानमन्त्री शाहले आफ्नो हालैको भारत भ्रमण र त्यसबाट प्राप्त उपलब्धिबारे पार्टी सभापति लामिछानेलाई जानकारी गराएका थिए। दुवै नेताबीच आगामी निर्वाचनको तयारी र पार्टीको रणनीतिका विषयमा समेत छलफल भएको बताइएको छ।
त्यसैगरी, रास्वपाले सञ्चालन गर्न लागेको प्रशिक्षण अभियान, मन्त्रीहरूको कार्यसम्पादन तथा विभिन्न मन्त्रालयबाट भइरहेका कामकारबाहीबारे पनि समीक्षा भएको थियो।
भेटमा सरकारको समग्र कार्यसम्पादनलाई प्रभावकारी बनाउने विषयले समेत प्राथमिकता पाएको बताइएको छ।
यस्तै, सरकारले ल्याउन लागेको अध्यादेश र आगामी संसद् अधिवेशनका विषयमा पनि दुवै नेताबीच छलफल भएको स्रोतले जनाएको छ।
२०८३ मंसिर १२
ताजा नेपाल
२०८३ मंसिर १२
ताजा नेपाल
२०८३ मंसिर १२
ताजा नेपाल