Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नेपाली क्रिकेटर रोहित पौडेल वैवाहिक जीवनमा बाँधिए

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा स्टार ब्याटर रोहितकुमार पौडेल वैवाहिक जीवनमा बाँधिएका छन्। उनले सिम्रन खड्कासँग विवाह गरेका हुन्।

रोहितले थाइल्यान्डमा विवाह गरेका हुन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत विवाहका तस्बिर सार्वजनिक गर्दै जीवनको नयाँ अध्याय सुरु भएको जानकारी दिएका छन्।

विवाहका तस्बिरसँगै उनले लेखेका छन्, ‘सपना निर्माण गर्ने यात्राका सहयात्रीबाट जीवनभरका सहयात्रीसम्म। यहाँबाट सधैँका लागि।’

रोहितको विवाहको खबर सार्वजनिक भएपछि नेपाली क्रिकेट समर्थक, खेलाडी तथा शुभेच्छुकहरूले सामाजिक सञ्जालमार्फत उनलाई बधाई तथा सुखद दाम्पत्य जीवनको शुभकामना दिइरहेका छन्।

नेपाली क्रिकेटमा कम उमेरमै स्थापित भएका रोहितले राष्ट्रिय टोलीको कप्तानीसमेत सम्हालिसकेका छन्। उनको नेतृत्वमा नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा विभिन्न महत्वपूर्ण उपलब्धि हासिल गरेको छ।