Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
रियाद। फिफा विश्वकपमा साउदी अरेबियाले अर्जेन्टिनालाई २–१ ले पराजित गरेपछि राष्ट्रिय बिदा घोषणा गरेको साउदीका सरकारी सञ्चारमाध्यमले जनाएका छन्। साउदी अरेबियाका राजा सलमानले बिहीबार सरकारी र निजी कर्मचारीलाई बिदा दिने घोषणा गरेका हुन्। विद्यालयहरु पनि बन्द रहनेछन्। शाही अदालतका सल्लाहकार र साउदी अरेबियाको सामान्य मनोरन्जन प्राधिकरणका प्रमुख टर्की अल–शेखले मंगलबार सहरका मुख्य थिम पार्क र मनोरन्जन केन्द्रहरूमा निःशुल्क प्रवेश दिइने घोषणा गरे। मंगलबार दोहाको लुसेल स्टेडियममा भएको खेलमा साउदी अरेबियाले अर्जेन्टिनालाई २– १ पराजित गरेको थियो।
२०८३ जेष्ठ ८
ताजा नेपाल
२०८३ जेष्ठ ८
ताजा नेपाल