Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अर्बबाट करोडमा झर्‍यो सेयर कारोबार

२० भदौ, काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा एकल अंकको गिरावट भएको छ । सोमबार बजार परिसूचक नेप्से ४.२९ अंक ०.२२ प्रतिशत ले गिरावट भएर १९७३.०१ अंकमा बन्द भएको छ ।

नेप्सेमा गिरावट हुँदा उत्पादन तथा प्रशोधन र लघुवित्त बाहेक सबै उपसूचकमा गिरावट भएको छ । बजार परिसूचमा सुस्ताता देखिंदा कारोबार रकम पनि १ अर्बबाट तल झरेको छ । तर, आइतबार १ अर्ब ७ करोडको कारोबार भएको बजारमा सोमबार २४ लाख ४४ हजार ३३४ कित्ता सेयर किनबेच हुँदा ९० करोड ९९ लाख ४ हजार ७५१ रुपैयाँको कारोबार भएको छ । जसमध्ये रिडी हाइड्रोपावर कम्पनीको सर्वाधिक ९ करोड ९६ लाख ९५ लाखको कारोबार हुँदा हिमालयन एभरेष्ट इन्स्योरेन्सको ४ करोड ५९ लाख ७९ हजार र नबिल बैंकको ४ करोड ५६ लाख ५६ हजारको कारोबार भएको छ ।

सोमबार नेप्सेमा १८७ कम्पनीको सेयर किनबेच भएकोमा ११६ कम्पनीको सेयर मूल्य घटेको छ । ६१ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा १० कम्पनीको भने स्थिर छ । सोमबार कारोबार भएकामध्ये मैलुङ खोला जलविद्युत् कम्पनीको सेयर मूल्य ७.४३ प्रतिशतले वृद्धि हुँदा हिमालयन एभरेष्ट इन्स्योरेन्सको ३.९३ प्रतिशत र रिडी हाइड्रोपावरको सेयर मूल्य ३.२३ प्रतिशतले बढेको छ ।

यता रुरु जलविद्युत् कम्पनीको सेयर मूल्य ६.५५ प्रतिशतले गिरावट हुँदा आशा लघुवित्तको सेयर मूल्य ३.६६ प्रतिशत र जोशी हाइड्रोपावर कम्पनीको सेयर मूल्य ३.०४ प्रतिशतले गिरावट भएको छ ।

 


सम्बन्धित समाचार

श्रीमान्हरूका फैसला पनि खोतलिँदै

२०८३ जेष्ठ ७

ताजा नेपाल

बा र भाउजुको लुटको पसल बन्द

२०८३ जेष्ठ ७

ताजा नेपाल