Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एमाले सरकारमा जाँदैन, प्रतिपक्षमै बस्छ : पौडेल

निर्वाचनको नतिजा छ्यासमिस आएसँगै नयाँ सरकार गठनबारे विभिन्न कोणबाट विश्लेषण भइरहेका छन् । एउटै राजनीतिक पार्टीको स्पष्ट बहुमत नआएपछि हालकै सत्ता गठबन्धनले नयाँ सरकार बनाउने बताइरहेका छन् भने कतिपयले कांग्रेस एमाले मिलेर पनि सरकार बनाउन सक्ने सम्भावनालाई औँल्याइरहेका छन् ।
उनीहरुले तेस्रो विकल्पका रुपमा नेकपा एमालेले वाम पार्टीलाई साथ लिएर सरकार गठनका लागि पहल गरिरहेको समेत बताएका छन् । तर, नेकपा एमालेले अरूलाई समर्थन गरेर सरकार बनाउने, एमालेकै नेतृत्वमा सरकार बनाउने भनेर बाहिर आएका चर्चाप्रति कुनै सत्यता नरहेको नेकपा एमालेका एक शीर्ष नेताले दावी गरेका छन् ।
एमालेका उपाध्यक्ष समेत रहेका नेता एमाले सरकारमा जाँदैन, प्रतिपक्षमै बस्छ :  पौडेल अहिले जनताले दिएको जनादेश एमाले सरकारमा जान नभएर प्रतिपक्षमा बस्न भएको बताउँछन् । अहिले नेकपा एमाले सरकारमा जाँदैन, यसमा प्रस्ट भए हुन्छ कि एमाले प्रतिपक्षमा बस्छ, उपाध्यक्ष पौडेलले भने, एमालेलाई प्रतिपक्षमा बस्न भनेर जनमत आएको हो ।
उनले एमाले सरकारमा जाने र सरकार बनाउन पहल समेत गरिरहेको भनेर गरिएका प्रचारबाजीमा सत्यता नरहेको स्पष्ट पारे । हामीले त्यस्तो पहल पनि गरेका छनौँ र अहिले गर्दैनौ पनि । हामी अहिले बन्ने कुनैपनि सरकारमा जाँदैनौ, प्रतिपक्षमै बस्छौ, उपाध्यक्ष पौडेलले भने, प्रतिपक्षको भुमिका भनेको गुण दोषका आधारमा समर्थन र विरोध गर्ने नीति हो ।
उनले कसैलाई समर्थन समेत नगर्ने स्पष्ट पारे । कतिपयले कांग्रेसलाई एकल सरकार बनाउन एमालेले सरकार बाहिरै बसेर समर्थन जनाउन लिखित सहमति नै गर्न तयार रहेको भनेर समेत प्रचार भइरहेको छ


सम्बन्धित समाचार

२०८३ जेष्ठ ८

ताजा नेपाल

मान्यहरूले गर्दैछन् सभापतिसँग छलफल

२०८३ जेष्ठ ८

ताजा नेपाल