Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेकपा एमालेमा विचित्रका नेता छन् । पार्टी अध्यक्ष केपी ओली सामूहिकता लत्याउने, निर्णय आफ्नो लहडमा गर्ने, आफ्नो विश्वासी र अन्धभक्तका कमजोरीलाई वास्ता नगर्ने चरित्रका छन् । ओलीका कतिपय निर्णय पार्टीभित्रै पाच्य हुँदैनन् । पार्टी समूहिकताले चल्नुपर्छ । कम्युनिष्ट पार्टीमा नेतृत्वलाई चलाउने सचिवालय हुन्छ । त्यसमा अध्यक्षदेखि महासचिव, उपाध्यक्षहरू, उपमहासचिव र सचिवहरू हुन्छन् । तर एमाले नेतृत्वले सचिवालय चिन्दैन, पदाधिकारीहरूलाई गन्दैन । यिनै आलीको पहिलो कार्यकालदेखि दोस्रासम्म साखुल्ले बनेर माधव, झलनाथ, वामदेवहरूलाई किनारा लगाउन उकास्ने यी शंकर पोखरेलदेखि विष्णु पौडेलसम्मले आज विकल्प खोज्नु पर्ने दिन आयो । उनीहरू हिजो ओली यो सत्ता उन्मादीका नायकथिए । प्रदेशको मुख्यमन्त्री र संघको अर्थमन्त्री बनेर रजाई गर्दा पार्टी कार्यकर्ता, समर्थकको गणना गरेनन् । मौका आउनासाथ मन्त्री बन्नै पर्ने प्रदेश र भेगीय नारामा रमाउने यिनीहरूले सत्ता उन्मादीले दुई दलीय प्रणालीको योजना बनाएका हुन् । एकीकृत अवस्थामा भएको नेकपा विभाजन गर्ने र डाडू पन्यु आफैंले चलाउन ओलीलाई उचाल्ने तिनै थिए । जो निर्वाचनमा पराजित हुँदा बल्ल वामपन्थी विभाजनको पीडा सहेका थिए । माओवादीका तर्फबाट गृहमन्त्री बनेर श्रीमती र छोरामार्फत् अपराध कर्म चम्काएका रामबहादुर थापा बादल हिजो माओवादीमा रहँदा पनि सत्ताकै पुजारी थिए, आज पनि सत्ताकै पुजारी छन् । उनीबाट नेकपा एमाले बन्दैन । एमालेको इतिहास जोगिदैन । उनले जोगाउने भनेको ओलीको पद हो । त्यो पनि सम्भावना देखिँदैन । बालदसँगै एमाले भएका टोपबहादुर रायमाझीहरू धेरै कमाउन खोज्दा जेल परेका छन् । बादलकै श्रीमती नैनकला थापा, भुटानी शरणार्थी प्रकरणमा डुबेकी पात्र हुन् । बादल पुत्रको पौरखी व्यवहार सबैतिर छताछुल्ल छ । सुन तस्करी काण्डमा प्रतिक थापा जेल बसेर उम्केका पात्र हुन् । रामबहादुर गृहमन्त्री हुँदा तत्कालिन उपराष्ट्रपति पुत्र र बादल पुत्रको चमत्कार सुनमा केन्द्रीत भएको चर्चा चल्थ्यो । चिनिया नागरिकको सुन पगाल्ने कारखानासम्म यी जोडिएका थिए, आरोप वर्षमान पुनलाई पनि लगाइयो । अपराधबाटमुक्ति लिन मात्र बादल ओलीको भक्तिमा लागे । उनको योगदानबाट पार्टी कार्यकर्ता बढ्ने, संगठन सृदृढ हुने आश नगरे हुन्छ । प्रचण्डलाई कमजोर बनाउन मोहन वैद्यसँग मिलेर दोस्रो संविधानसभालाई कमजोर बनाउने त्यो गिरोहका अधिकांश पुरानै धारमा फर्केका थिए । तिनैमध्येका देव गुरुङ र सुरेश आले मगर भने जातीवादी अजिंगर थिए । हिजो त्यो समूहले वर्गीयता त्यागेर आइएनजीओवादी हुँदा कम्युनिष्ट पार्टीका एजेन्डा लत्याउँदा अर्ध सामन्तवादी सोचलाई जोगाउने काम भयो । आज तिनीहरकै कारण देशको संघीयता, गणतन्त्र, धर्म निरपेक्षताको मुद्दा विलिन हुँदैछ । परिवर्तनका संरक्षक कम्युनिष्ट हुन्छन् । काँग्रेस यथास्थितिवादी हो भने रास्वपा नाउको खराने समूह अमेरिकी एजेन्डामा दौडने कालजयी झ्याल्टुङ हो भन्ने बुझ्न सजिलो छ । देशको भविष्य जनता र राष्ट्रको भरोसा राजनीतिक दलहरूसँग जोडिएको हुन्छ । तर दलहरू मा जो असपफल छ उसकै नेतृत्व उसकै हाउगुजी रहँदासम्म देशले निकास पाउँदैन । यो सत्य नेकपा एमालेले बुझेको हुनुपर्छ । तर लडाइँ मृत्यु पर्यन्तसम्म सत्ताकै ढलीमली रुचाउने केपी ओलीको व्यवहारमा छ । हिजो ओलीको चाकडी गरेर मन्त्री पद पड्काएका एमालेहरू छिन्नभिन्न छन् । दोस्रो पुस्ता पनि चोखो छैन । आर्थिक रूपमा नजोडिएको कुनै नेता छैन । आवश्यकताभन्दा बढी नेताको रहन सहन र व्यवहारले पनि कार्यकर्ता भड्किएका छन् । अध्यक्षकै उडन्ते योजना र राष्ट्रको खातामा आउनु पर्ने राजवश्व संकलनको मनपरीले केपी ओलीलाई देशकै एक नम्बर भ्रष्ट भन्नु अनौठो हुँदैन । किनकि ओली कालमा सिर्जना गरिएका काण्डको कुनै बेला छानविन हुन्छ । पार्टीमा विपक्षी मतलाई पेल्नु र राज्यको सम्पत्तिका लुट चम्काएर आफ्नो कुटी बनाउने गरी मुख्यमन्त्री पद बेच्नुले एमालेकै लागि ५० वर्ष लडेकाहरूले विकल्प खोज्नु समय सापेक्ष छ ।
चुनावी पराजयको समिक्षा
नेतृत्वकै दम्बका कारण जेनजी विद्रोह भयो । त्यसको असर निर्वाचनमा पर्दा नेकपा एमाले मात्र होइन नेकपालाई समेत प¥यो । कम्युनिष्टहरूलाई मत नदिन जनता लाग्नु भनेको नेतामा भित्रिएको परिवार मोह र लुटतन्त्र नै थियो । ओली जोडिएका काण्डले एमालेलाई चोखो बनाएनन् । आफ्नै पराजयको समिक्षा गर्न नसक्ने नेकपा एमाले अब पुरानो ढाँचामा आउन मुस्किल छ ।
हिजो डोनरको भत्ता लिएर पार्टीको काम गर्ने त्यो चलन अब रहेन । सत्ता र शक्ति बाहेक अरुतर्फ चासो नदिँदा काँग्रेसका शेरबहादुर देउवा, एमालेका केपी ओली, माओवादीका पुष्पकमल दाहाल अबको केन्द्रीय राजनीतिमा स्वीकार्य भएनन् । पद र कुर्सीनै महत्वपूर्ण ठान्ने यी अनुहारलाई जनताले मन पराएको छैन । तर तिनैलाई पार्टीको अध्यक्ष पद त्याग्न मन छैन । एमालेभित्र चुनावी समिक्षा गर्ने हिम्मत अध्यक्षलाई नै छैन । किनकि उनको मन परीले पार्टीमा गुट जन्मेको हो । माओवादीबाट आएका रामबहादुर थापा जस्ता लम्फूको भर परेर ओलीले स्थायी एमालेहरूलाई पाखा लगाउने दाउमा छन् तर उनका खुशीले नै स्थापित काण्डहरू छरपष्ट छन् । आफ्नो पुराना झोलेलाई खेदेर केपी ओली पार्टीमा रजाई गने दाउमा छन् ।
२०८३ आश्विन ७
ताजा नेपाल
२०८३ आश्विन ७
ताजा नेपाल
२०८३ आश्विन ६
ताजा नेपाल