Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत फेरिए

१७ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन् ।
सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठले मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालयका सहसचिव वसन्त अधिकारीलाई काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरेका छन् । काठमाडौं महानगरको प्रमुख प्रशासकिय अधिकृत रहेका लोकनाथ पौडेल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा तानिएका छन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालका प्रवक्तासमेत रहेका अधिकारीले मन्त्री श्रेष्ठले १० जना सहसचिवहरुको सरुवा गर्दा आफू काठमाडौं महानगरमा सरुवा भएको बताए । दुई वर्ष मन्त्रालयको प्रवक्ता रहेका अधिकारी महानगरमा बुधबार हाजिर हुने बताएका छन् ।

अतिरिक्त समूहमा रहेकी स्किम श्रेष्ठलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सुरेश राउतलाई श्रम, रोजगार तथा यातायात मन्त्रालय बागमती प्रदेशमा, बेपत्ता आयोगकी रोशनी कुमारी श्रेष्ठलाई गृह मन्त्रालय, वित्त आयोगका शम्भु कार्कीलाई शहरी विकास मन्त्रालयमा सरुवा गरिएको छ ।

 


सम्बन्धित समाचार

श्रीमान्हरूका फैसला पनि खोतलिँदै

२०८३ जेष्ठ ७

ताजा नेपाल

बा र भाउजुको लुटको पसल बन्द

२०८३ जेष्ठ ७

ताजा नेपाल