Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

काभ्रे बस दुर्घटना : तीव्र गतिले ठूलो क्षति

काभ्रेपलाञ्चोक । बेथानचोक गाउँपालिका ४ चलाल गणेस्थानमा हिजो साँझ भएको बस दुर्घटनामा मृत्यु भएका १७ मध्ये १३ जनाको सनाखत भएको छ ।
जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीका अनुसार मृत्यु हुनेमा बनेपा नगरपालिका ११ की ७९ वर्षीया निर्मला तामाङ, ११ वर्षीय योगेश तामाङ, ५० वर्षीय अंकुर तामाङ, ४३ वर्षीया हेमा तामाङ, १० वर्षीय पुष्कर तामाङ, २५ वर्षीया कोपिला तामाङ र ६ वर्षीया श्रेया तामाङ रहेका छन् ।
त्यस्तै बनेपा नपा १४ का ३९ वर्षीय राजकुमार तामाङ, २८ वर्षीया गीता श्रेष्ठ, मण्डनदेउपुर नपा १ का ३७ वर्षीया जेली तामाङ, धुलिखेल नपा ११ का ३० वर्षीय बुद्ध तामाङ र बेथानचोक गाउँपालिका ५ की ३२ वर्षीया मञ्जु तामाङको पनि दुर्घटनामा मृत्यु भएको छ । बस चालक ललितपुरको महाँकाल ४ घर भई हाल पनौती नपा ४ बस्ने २२ वर्षीय सन्तोष तिमल्सिनाको पनि मृत्यु भएको प्रहरीले बताएको छ । चारजनाको अझे पहिचान भएको छैन । २२ जना घाइते भएकोमा केहीको अवस्था चिन्ताजनक रहेको प्रहरी प्रमुख जोशीले बताए । प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार तीव्र गतिका कारण बस दुर्घटना भएको हो । बस सडक मोडको भित्तामा ठोक्किएपछि दुर्घटनाग्रस्त भएको थियो । बसमा सवार ३९ यात्रु सवार थिए । घाइतेको धुलिखेल अस्पताल, बनेपास्थित शिर ममोरियल अस्पताल, मध्यपुर ठिमी अस्पताल, वीर अस्पताल, न्यूरो अस्पताल बाँसबारीलगायतमा उपचार भइरहेको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन् । मृत्यु भएकामध्ये सातजना बनेपाको एउटै वडाका छन् । बनेपा नगरपालिका ११ का कुमार तामाङको नातिको व्रतबन्धमा बेथानचोक गाउँपालिका ५ च्याल्टी पुगेर फर्किंदै गरेको बा। ३ ख ४३८५ नम्बरको रिजर्भ बस दुर्घटनामा परेको हो ।


सम्बन्धित समाचार

२०८३ जेष्ठ ८

ताजा नेपाल

मान्यहरूले गर्दैछन् सभापतिसँग छलफल

२०८३ जेष्ठ ८

ताजा नेपाल